केदारनाथमा हेलिकप्टर दुर्घटना हुँदा ७ जनाकाे मृत्यु

Aajtak
Aajtak

भारतकाे केदारनाथ जाँदै गरेकाे हेलिकप्टर दुर्घटना सात जनाको मृत्यु भएको छ।

केदारनाथबाट दुई किलोमिटर टाढा गरुडछट्टी नजिकै दर्शन गर्न गएका तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनामा परेको हो। 

ठूलो आवाज आएपछि आगोको गोला देखेको हेलिकप्टरमा विष्फोट भएको स्थानीयले बताएका छन्।

स्राेतका अनुसार खराब मौसमका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ। दुर्घटना हुँदा सो क्षेत्रमा बाक्लो कुहिरो छ।

प्रकाशित मिति: : 2022-10-18 13:45:00

प्रतिकृया दिनुहोस्