थाइल्यान्ड: बाढीको वितण्डा, फुकेट जलमग्न (फाेटाे फिचर)

बिएल संवाददाता

फुकेट, थाइल्यान्ड
(Photo– Achadtaya Chuenniran)

शनिबार रातिदेखि आइतबार बिहानसम्म परेको अविरल वर्षाका कारण थाइल्यान्डकाे पर्यटकीय टापू फुकेट पूरै डुबानमा परेको छ।

फुकेटकाे विनाशकारी बाढीले सडक बगाएकाे छ। तीर्थस्थल बन्द छन्। पर्यटकहरूले तनाब भाेकिरहेका छन्। 

बाढीले समुन्द्री तटका दाेकानसहित जताततै विध्वंस मच्चाएकाे छ। अविरल वर्षापछिकाे बाढीले घरहरू पानीमा डुबेका छन्। मानिसहरू घरभित्रै थुनिएका छन्।

फुकेट प्रान्तकाे नौसेनाले बाढी प्रभावित मानिसहरूलाई मद्दत गर्नका लागि ठाउँ–ठाउँमा मोबाइल टोली तैनाथ गरेको छ। तीमध्ये अधिकांश मानिसहरू दक्षिणी टापूका छन्।

'फुकेट शहर एउटा ठूलो सागर बनेको छ। पानी निकालेर फ्याँक्ने कुनै सुक्खा जमिन बाँकी छैन,' नेपालीभाषी राजेन्द्र शर्माले भने, 'हेर्दाहेर्दै फुकेटमा अकल्पनीय संकट आइलागेको छ। उद्धारकर्ताहरूले डुबानक्षेत्रका मानिसलाई स्थानान्तरण गरिरहेका छन्।'

यसपटककाे वर्षा सबैभन्दा भीषण भएको बताइएको छ। अधिकारीहरूले स्थानीयवासीलाई जोखिम भएका ठाउँ छाड्ने दिइएको सुझावप्रति ध्यान दिन आग्रह गरेका छन्।

प्रकाशित मिति: : 2022-10-16 12:18:00

प्रतिकृया दिनुहोस्