नेपाली सेनाले बीस वर्षभन्दा पुराना सवारी साधनलाई विद्युतीय सवारीमा परिणत गर्न थालेको छ।
सेनाले प्रयोग गरिरहेका र च्यासिसका साथै अन्य पाटपुर्जा राम्रै अवस्थामा भएका २० वर्ष पुराना पेट्रोल/डिजेल गाडीहरू विद्युतीय बनाएको हो।
हालसम्म तीनवटा जीप र एउटा बस गरेर चारवटा सवारी विद्युतीय बनाइसकेको नेपाली सेनाका इलेक्ट्रोनिक एन्ड मेकानिकल इञ्जिनियर (इएमई) शाखा, भद्रकालीका प्राविधिक सहायक रथी गजेन्द्रनाथ कर्माचार्यले जानकारी दिए।
उनका अनुसार पहिलो चरणमा मारूती जिप्सी किङ-४१३ मोडल, ल्यान्ड रोभर जीप र २६ सिट भएको निसान सिभिलियन बस गरेर तीनवटा गाडी विद्युतीय बनाइएको हो। त्यस्तै आविष्कार केन्द्रसँग सहकार्य गरेर चौथो जीप पनि तयार भइसकेको उनले बताए।