इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता

File photo
File photo

इजरायल र लेबनानबीच समुद्री सीमा सम्झौता भएको छ।

इजरायलका प्रधानमन्त्री यायर लापिडले द्विपक्षीय सम्झौता भएको आज बताएका छन्।

प्रधानमन्त्री लापिडले सन् १९४८ देखि युद्धको अवस्थामा रहेका दुई देशबीचको सामुद्रिक सिमाना सिमाङ्कन गर्न लेबनानसँग सम्झौता भएको बताउँदै आज हुने मन्त्रिपरिषद्को बैठकले त्यसलाई स्वीकृत गर्ने जानकारी दिएका छन्।

प्रकाशित मिति: : 2022-10-11 15:41:00

प्रतिकृया दिनुहोस्