काभ्रेपलाञ्चोकमा सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी परेको छ।
गठबन्धनमा सामेल नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्षले कांग्रेस उम्मेदवारविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन्।
काभ्रेपलाञ्चोक निर्वाचन क्षेत्र नम्बर-२(ख) मा नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बसुन्धरा हुमागाईंले गठबन्धनका उम्मेदवार कञ्चनचन्द्र बादेविरुद्व बागी उम्मेदवारी हालेका हुन्।
हुमागाईंले बागी उम्मेदवारको मनोनयन दर्ताअगावै आधिकारिक उम्मेदवार बादेले उम्मेदवारी दर्ता गराइसकेका थिए।