शशांक कोइरालाले भने– म अबको प्रधानमन्त्री हुँ

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा उम्मेदवार डा. शशांक कोइरालाले निर्वाचनपछि आफू प्रधानमन्त्री बन्ने दाबी गरेका छन्।

नवलपुर–१ बाट उम्मेदवारी दिँदै पूर्वमहामन्त्री कोइरालाले आफू प्रधानमन्त्रीको लागि चुनाव लडेको बताएका हुन्।

‘तीन पटकसम्म चुनाव जितेँ। नवलपुरका जनताले मलाई विश्वास गरेका छन्। अब चुनाव जितेपछि म राष्ट्रको सेवा गर्न कांग्रेसको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अगाडि बढ्ने छु,’ उनले भने।

कोइराला २०६४, २०७० र २०७४ तीनवटै चुनावमा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनीसँग एमाले नेता कृष्ण पौडेलले प्रतिस्पर्धा गर्दैछन्। यतिबेला पूर्वी नवलपरासीमा उम्मेदवार मनोनयन चलिरहेको छ।

प्रकाशित मिति: : 2022-10-09 16:20:00

प्रतिकृया दिनुहोस्