आप्रवासी समस्याले न्युयोर्कमा संकटकाल

File photo
File photo

आप्रवासीको प्रवाहका कारण उत्पन्न संकट सम्बोधन गर्न न्युयोर्क सिटीका मेयर इरिक एडम्सले संकटकाल घोषणा गरेका छन्।

अप्रिलयता १७ हजारभन्दा बढी आप्रवासी दक्षिणी सीमाबाट सहर प्रवेश गरेका छन्। पछिल्ला समयमा टेक्सास, एरिजोना र फ्लोरिडा जस्ता रिपब्लिकन राज्यहरूले डेमोक्रयाटिक क्षेत्रमा आप्रवासी पठाइरहेका छन्।

अभूतपूर्व संख्यामा आप्रवासीको ठूलो संख्या अमेरिका–मेक्सिको सीमामा पुग्छन्। सेप्टेम्बरपछि दैनिक जसो पाँचदेखि ६ वसमा भरिएका आप्रवासी न्युयोर्क पुग्ने गर्छन्। 

सहरको शरण प्रणालीअन्तर्गतका हरेक पाँचमध्ये एक जना शरण खोज्ने व्यक्ति भएको मेयर एडम्सले बताए। सहर पुग्ने अधिकांशमध्ये स्कुले उमेरका बालबालिका छन् र उनीहरूलाई मेडिकल उपचारको गम्भीर आवश्यकता रहेको बताइन्छ।

यस प्रवाहले यो आर्थिक वर्ष न्युयोर्कलाई १ अर्ब डलर अमेरिकी डलर लागत लाग्ने जनाइएको छ।
 

प्रकाशित मिति: : 2022-10-09 15:09:00

प्रतिकृया दिनुहोस्