फिलिपिन्समा एकै दिन कोभिडबाट ३९ जनाको मृत्यु

Symbolic photo
Symbolic photo

फिलिपिन्समा पछिल्लो एक दिनमा मात्र कोभिडबाट कम्तीमा पनि ३९ जनाको ज्यान गएको छ। शनिबार मात्र कोभिडबाट ३९ जनाको ज्यान गएको फिलिपिन्स स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

अधिकारीहरुका अनुसार कोभिडबाट पछिल्लो २४ घन्टामा मात्र दुई हजार एक सय ९७ जना सङ्क्रमित भएका छन्।

दक्षिणपूर्वी एसियाली यस देशमा हालसम्म कोभिडबाट ३९ लाख ६५ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएका पाइएको छ।

फिलिपिन्समा अहिलेसम्म कोभिडबाट ६३ हजार दुई सय ३० जनाको ज्यान गएको छ। साथै हाल २७ हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन्।

प्रकाशित मिति: : 2022-10-09 13:44:00

प्रतिकृया दिनुहोस्