भीम रावललाई टिकट नदिएपछि नेकपा (एमाले) अछामका नेताहरू पार्टीबाट सामूहिक राजीनामा दिएका छन्। एमाले अछाम जिल्ला कमिटीका चार जना सचिवालय सदस्यसहित ४० जनाले एमाले छाडेको घोषणा गरेका हुन्।
एमाले छाडेको घोषणा गर्नेमा जिल्ला कमिटी सचिवालय सदस्यहरु प्रकाश शाह, केशर मियाँ, बालगिरी कुँवर, सागर सिंह बाब्ली छन्।
पार्टीले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता गरेको तथा पार्टीको नेता तथा कार्यकर्ता र जनभावनाविपरीत निर्णय भएकाले आफूहरुले पार्टी छाडेको उनीहरुले बताएका छन्।
जिल्ला कमिटीबाट अछाम १ का लागि सर्वसम्मत सिफारिस भएका रावलको टिकट खोसेर एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादीबाट एमालेमा आएका आएका झपट बोहरालाई दिएका छन्।