बाबुराम, महरापछि अग्नी सापकाेटा निर्वाचन मैदान बाहिर

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले आगामी ४ मंसिरको निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्। तीन पटक लगातार प्रतिनिधिसभामा पुर्याएका सिन्धुपाल्चोकका मतदातालाई धन्यवाद दिँदै आगाम निर्वाचनमा सहभागी नहुने घोषणा गरेका छन्।

संसदीय भूमिकामा नरहे पनि देश, जनता र अग्रगमनको पक्षमा क्रियाशिल रहने उनले बताएका छन्। उनले यसअघि सिन्धुपाल्चोचक क्षेत्र नम्बर १ बाट जितेका थिए। यसअघि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वसभामुख कृष्ण महराले पनि निर्वाचनमा सहभागी नहुने घाेषणा गरेका थिए।

प्रकाशित मिति: : 2022-10-08 15:13:00

प्रतिकृया दिनुहोस्