एकीकृत समाजवादीले गठबन्धनमा सहमति भएको केही समयमै प्रतिनिधिसभामा आफ्ना उम्मेदवार तय गरेको छ। आफ्नाे भागमा परेका १९ सिटमा उम्मेदवार तय गरिएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनाएका छन्।
स्राेतका अनुसार रौतहत–१ मा अध्यक्ष माधवकुमार नेपाल, इलाम–२ मा झलनाथ खनाल, काठमाडौं–८ मा जीवनराम श्रेष्ठ, ललितपुर–२ मा कृष्णलाल महर्जन, गुल्मी–२ मा रामकुमारी झाँक्रीले टिकट पाएकी छिन्।
प्रतिनिधिसभाका लागि एकीकृत समाजवादीका उम्मेदवार –
१. इलाम क्षेत्र न. १ - झलनाथ खनाल
२. उदयपुर क्षेत्र न. २ - जगन्नाथ खतिवडा
३. रौतहट क्षेत्र न. १ - माधवकुमार नेपाल
४. बारा क्षेत्र न. ४ - कृष्णकुमार (किसान) श्रेष्ठ
५. काठमाडौं क्षेत्र न. ८ - जीवनराम श्रेष्ठ
६. ललितपुर क्षेत्र न. २ - कृष्णलाल महर्जन
७. धादिङ क्षेत्र न. १ - राजेन्द्रप्रसाद पाण्डे
८. मकवानपुर क्षेत्र न. २ - विरोध खतिवडा
९. कास्की क्षेत्र न. २ - श्रीनाथ बराल
१०. गुल्मी क्षेत्र न. २ - रामकुमारी झाँक्री
११. पाल्पा क्षेत्र न. २ - सोमप्रसाद पाण्डे
१२. रुपन्देही क्षेत्र न. २ - राजु गुरुङ
१३. दाङ क्षेत्र न. १ - मेटमणि चौधरी
१४. सल्यान - प्रकाश बुढाथोकी (ज्वाला)
१५. डोल्पा - धनबहादुर बुढा मगर
१६. दैलेख क्षेत्र न. १ - अम्बरबहादुर थापा
१७. अछाम क्षेत्र न. १ - शेरबहादुर कुवँर
१८. बझाङ - भानुभक्त जोशी
१९. डोटी - प्रेमबहादुर आले