
बिएल संवाददाता
भारतीय गृहमन्त्री अमित शाहका स्वकीय सचिव (पीए) सन्दीप राना नेपाली कांग्रेसकाे समानुपातिक उम्मेदवारकाे बन्दसूचीमा परेका छन्। उनी आदिवासी जनजातिको तेस्रो नम्बरमा परेका हुन्।
उनी भारतीय जनता पार्टीका पूर्वअध्यक्ष तथा हालका गृहमन्त्री शाहदेखि उत्तर प्रदेशका मुख्यमन्त्री याेगी आदित्यनाथ, पार्टीका विदेश विभाग प्रमुख विजय चाैथाइवालेसँग नजिक छन्।
प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा पत्नि आरजू राना देउवानिकट उनी सीधैं बुढानिलकण्ठसँग 'टच' रहेकाे कांग्रेस नेताहरू बताउँछन्। उनीनिकट स्राेतकाअनुसार देउवा पत्नि आरजूलाई भारतीय जनता पार्टीका शीर्ष नेतासम्म पुर्याउने माध्यम पनि उनै राना हुन्।
रानाकाे बन्दसूचीलाई लिएर भारतीय जनता पार्टीको दबाब ठान्छन्, कांग्रेसका कतिपय युवा नेता। आरजू–भाजपाका सम्पर्क सूत्र मानिएका उनी नेपाली कांग्रेसकाे खास जिम्मेवारीमा छैनन्।
भारतीय गृहमन्त्रीका पीएलाई समानुपातिक बन्दसूचीमा राख्नु गम्भीर भूल भएकाे नेपाली कांग्रेस रुपन्देहीका एक नेता बताउँछन्।
त्यसाे राना कट्टर हिन्दूवादी संगठन आरएएसप्रति पूर्ण बफादार रहेकाे कांग्रेस नेताहरूकाे बुझाइ छ। उनले भारतीय शक्तिकेन्द्रकाे आडमा नेपाली कांग्रेसभित्र सबै नेताहरूसँग प्रभाव र विश्वास जितेका छन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया