बिएल संवाददाता
श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको छ।
श्रीलङ्का सरकारले थप १० लाख विद्यालयका विद्यार्थीका लागि दिवा खाजाको व्यवस्था गर्ने निर्णय गरेको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुणवर्दनाले मङ्गलबार जानकारी दिएका हुन्।
राष्ट्रपति रनिल विक्रमासिङ्घेले प्रस्तुत गरेको प्रस्तावलाई मन्त्रिपरिषद्ले सोमबार स्वीकृति दिएको उनले बताए। उक्त निर्णय तत्काल कार्यान्वयन गरिने सराकारका प्रवक्ताले बताएका छन्।
उनले भने, 'हालैका महिनाहरूमा, विद्यालयका बच्चाहरूको पोषणको बारेमा धेरै चिन्ताहरू भएका छन्। आर्थिक सङ्कटका कारण धेरै बालबालिका बिहानको खाजा नखाई विद्यालय आउने गरेको समाचारहरु आएका थिए। यो पहलले चिन्तालाई सम्बोधन गर्नेछ।'
श्रीलङ्का सरकारले यसअघि नै १० लाख ८० हजार विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइसकेको र यसबाट सरकारलाई वार्षिक एक करोड २० लाख अमेरिकी डलर खर्च हुने बताउँदै उनले थप १० लाख विद्यालयका विद्यार्थीलाई खाना खुवाउँदा सरकारले बेहोर्ने खर्च दोब्बर हुने बताए।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया