मङ्गलबार, १५ जुलाई २०२५

दशैंलाई विकृतिको रूपमा नफैलाऔँ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2022-10-03 18:10:00
BreaknLinks
• • •

नेपालीहरुको महान चार्ड विजया दशमी अर्थात् दशैं भित्रिसकेको छ। दशैंलाई नेपालीहरुले भव्य रूपमा मनाउने गरेका छन्। दशैं धार्मिक भन्दा पनि सांस्कृतिक र सामाजिक पर्वका रूपमा बढी मनाइने गरिन्थ्यो। जसले धर्म वा जातको भन्दापनि राष्ट्रिय पर्व भनेर नेपालीहरूलाई चिनाउने गथ्यो। 

दशैंमा विदेश गएका नेपालीहरु पनि गाउँघर आउने गर्छन्। यो पर्वमा आफूभन्दा ठूलो मान्छेबाट टिका र जमरा लगाएर आशिर्वाद लिने गरिन्छ। दशैंले धनी गरिब भनेर छुट्यादैन। 

विगतका दशैंमा आफूले खर्च गर्न नसकेपनि नँया लुगाफाटो किनेर मिठामिठा खानेकुराहरू खानको लागि ऋण धनलिएर भएपनि यो पर्व मनाइने गरिन्थ्यो। तर अहिले त्यो अवस्था छैन। मिठो खान र राम्रो लगाउको लागि कुनै दशैं कुर्नु पर्दैन। 

वर्षभरिको मेहनत र कमाई खर्चिने अवसरका रूपमा पनि दशैंलाई उपयोग गरिने भएकाले यो धार्मिक, सामाजिक, सांस्कृतिकसँगै आर्थिक पर्वसमेतको नाम दिएको थियो। तर पछिल्लो समय दशैंलाई विकृति रूपमा फैलाउँदै आएको पाइन्छ। 

अहिले दशैंको समयमा धेरै आम्दानीभन्दा पनि बढी खर्च हुने संस्कृति भएको छ। दशैंको नाममा अत्याधिक रूपमा मदिरा सेवन गर्ने, स्वास्थ्यको ख्याल नगरी माछा मासु खाने अथवा जुवातासमा समय र पैसा खर्च गर्ने जस्ता विकृती फैलिरहेको छ, जसको अन्त्य गर्न जरुरी छ। 

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने दशैंले नेपालमा सामाजिक, आर्थिक एवं राजनीतिक रुपमा पनि असत्यमाथि विजय प्राप्त गर्न सकोस्, संविधानको सफल कार्यान्वयन होस्, सबैमा समृद्धि मिलोस्, मुलुकमा बढिरहेको बलात्कार एवं हत्याजस्ता अपराधलगायतका समस्या तत्कालै हल गर्न सक्ने शक्ति दुर्गा माताले सबैलाई प्रदान गरून्। सबैलाई बडा दशैं २०७९ सालको हार्दिक मंगलमय शुभकामना !!!

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?