बिएल संवाददाता
दशैंको माहोल छ। त्यसैले सबैको घरमा मासु पाक्न पनि थालिसकेको छ।
दशैंमा मिठो खानेकुरा र स्वादिलो मासु पकाएर खान सबैको इच्छा हुन्छ। तर दशैंमा मासु मिठोगरी पकाउने कसरी त? त्यसैले आज हामी चर्चा गर्नेछौँ, दशैंमा मिठो मासु पकाएर खाने विधिबारे।
मासु पकाउँदा चाहिने सामाग्री:–
दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता, खुर्सानी, जाइफल यसैगरी फाउदर मसलामा खुर्सानी पाउडर, जिरा पाउडर, धनियाँ पाउडर, गरम मसला, बेसार, नुन र ५० एम. एल, २ वटा टमाटर, २ वटा प्याज, २ वटा खुर्सानी, एक चम्चा अदुवा खुर्सानी, लसुन र अदुवाको पेस्ट, अलिकति धनियाँको पात र मासु।
मासु पकाउने तरिका:–
कुकर अथवा कराईमा तेल तातिसके पछाडी दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता हाल्ने र केहि समय फ्राई गर्ने। त्यसपछि प्याजलाई तेलमा हालेर नापाकुन्जेल भुट्ने, प्याज राम्रोसंग पाकिसके पछाडिअदुवा लसुनको पेस्ट हालेर करिब २ मिनेट चलाउने।
अनि मासुलाई ५ देखि ७ मिनेटसम्म भुट्ने यसपछि एक सानो चम्चा बेसार, एक सानो चम्चा जिरा पाउडर, एक सानो चम्चा गरम मसला, एक ठुलो चम्चा धनिया पाउडर, एक सानो चम्चा खुर्सानी पाउडर हालेर २ मिनेट जति भुट्ने अनि काटेको टमाटर हालेर टमाटर नपाकुन्जेलसम्म पकाउने।
त्यसपछि आवश्यकता अनुसार नुन हाल्ने र मासु र तेल छुट्टीने बेलासम्म पकाउने र आवश्यकता अनुसार पानी हालेर पाकुन्जेल पकाउने। अनि पाकिसकेको मासुमाथिबाट धनियाँ सररर छरिदिने।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया