दशैंमा यसरी पकाउनुहोस् मासु

Kitchen Sanctuary
Kitchen Sanctuary

दशैंको माहोल छ। त्यसैले सबैको घरमा मासु पाक्न पनि थालिसकेको छ।

दशैंमा मिठो खानेकुरा र स्वादिलो मासु पकाएर खान सबैको इच्छा हुन्छ। तर दशैंमा मासु मिठोगरी पकाउने कसरी त? त्यसैले आज हामी चर्चा गर्नेछौँ, दशैंमा मिठो मासु पकाएर खाने विधिबारे। 

मासु पकाउँदा चाहिने सामाग्री:–

दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता, खुर्सानी, जाइफल यसैगरी फाउदर मसलामा खुर्सानी पाउडर, जिरा पाउडर, धनियाँ पाउडर, गरम मसला, बेसार, नुन र ५० एम. एल, २ वटा टमाटर, २ वटा प्याज, २ वटा खुर्सानी, एक चम्चा अदुवा खुर्सानी, लसुन र अदुवाको पेस्ट, अलिकति धनियाँको पात र मासु।

मासु पकाउने तरिका:– 

कुकर अथवा कराईमा तेल तातिसके पछाडी दालचिनी, सुकुमेल,मरिच, ल्वांङ, तेजपत्ता हाल्ने र केहि समय फ्राई गर्ने। त्यसपछि प्याजलाई तेलमा हालेर नापाकुन्जेल भुट्ने, प्याज राम्रोसंग पाकिसके पछाडिअदुवा लसुनको पेस्ट हालेर करिब २ मिनेट चलाउने।

अनि मासुलाई ५ देखि ७ मिनेटसम्म भुट्ने यसपछि एक सानो चम्चा बेसार, एक सानो चम्चा जिरा पाउडर, एक सानो चम्चा गरम मसला, एक ठुलो चम्चा धनिया पाउडर, एक सानो चम्चा खुर्सानी पाउडर हालेर २ मिनेट जति भुट्ने अनि काटेको टमाटर हालेर टमाटर नपाकुन्जेलसम्म पकाउने।

त्यसपछि आवश्यकता अनुसार नुन हाल्ने र मासु र तेल छुट्टीने बेलासम्म पकाउने र आवश्यकता अनुसार पानी हालेर पाकुन्जेल पकाउने। अनि पाकिसकेको मासुमाथिबाट धनियाँ सररर छरिदिने। 

प्रकाशित मिति: : 2022-10-02 22:00:00

प्रतिकृया दिनुहोस्