दशैंमा कस्तो मासु खाने? 

istock
istock

दशैं आएसँगै सबै जनाको घर–घरमा मासु पाक्न थालिसकेको छ। मानिसहरुले विभिन्न जनावरहरुको मासु ल्याएर दशैं मनाउने गर्छन्। दशैंमा मासु खानुपर्छ भन्दै आफ्नो स्वास्थ्यको लापारवाही गर्नु उचित हुँदैन। 

त्यसैले दशैंमा मासुसँगै स्वास्थ्यमा पनि ध्यान दिनु जरुरी छ। साधारणतया मासु दुई किसिमको हुन्छ। एक रातो मासु र अर्को सेतो मासु। 

यी दुबै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल बढाउँछ। 

मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ। रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। 

बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। त्यसैले दशैंमा मासु खाँदा कुन चाहिँ मासु खाने भनेर भ्यान दिनु जरुरी छ।

प्रकाशित मिति: : 2022-10-01 22:00:00

प्रतिकृया दिनुहोस्