डिल्ली अम्माई
असीम बलवान तिमी संसार जित्ने सामर्थ्य राख्छौ
तिमीलाई सभ्यताको सिँढी किन चाहियो र?
बहादुर सिपाहीहरुले भरिएका छन् सडकहरु
तरवार, खुकुरी र बारूदका घेराभित्र
म के नै गर्न सक्छु र?
तैपनि मैले देखिरहेछु
तिमी आफैँ नाच्न भुलेर
कोर्राहरु नचाइरहेछौ।
तिम्रो अज्ञानता
प्रेम नकार्ने मिथ्या भ्रम
अनि अरूलाई अस्वीकार गर्ने दम्भ
मलाई रित्तो लाग्छ, खोक्रो लाग्छ।
हत्या, हिंसा र क्रोध
यसमा मेरो जीवनको आनन्द छैन
द्रब्य र कृतिको चाहना पनि छैन
त्यसैले छाडीदेउ मलाई तिम्रो यो चँगुलबाट
कहाँ छ? त्यस्तो ठाउँ यो संसारमा?
जहाँ चरा झैँ स्वतन्त्र
खुला आकाशमा उड्न सकुँ
यी मलाई कैद गर्ने
बेफ्वाँकका झन्झटबाट
सधैँ सधैँको लागि उम्किन सकुँ।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया