के राष्ट्रपति भण्डारी एमाले राजनीतिमा फर्कने तयारीमा छन् ?

बाह्रखरी

काठमाडाैँ

नेकपा एकता होस् या विभाजन, नेकपा एमाले पार्टीको गुटको बैठक होस् वा एमालेको सिफारिसमा हुने नियुक्ति हरेक प्रसंगमा भित्रिरूपमा सक्रिय रहेको आरोप लाग्छ राष्ट्रपति विद्यादेवी भण्डारीलाई ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का ‘दुई पाइलट’ केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी विभाजनअघि द्वन्द्व चर्किएका बेला एउटा समूहको गुट भेला नै शीतलनिवासमा हुने आरोप लाग्दै आएको थियो ।

प्रचण्ड निकट नेताहरू भन्छन्– विभाजनअघि राष्ट्रपतिले बोलाएर प्रचण्डलाई जनताको बहुदलीय जनवाद स्वीकार गर्ने हो भने एकल अध्यक्ष बनाउन आफूले पहल गर्ने प्रतिवद्धता राष्ट्रपतिले खोजेकी थिइन् । तर प्रचण्डले अस्वीकार गरे ।

प्रकाशित मिति: : 2022-09-23 17:42:00

प्रतिकृया दिनुहोस्