महानगरले डोजर चलाएको टुकुचा खासमा खोला हो कि ढल?

सेतोपाटी

सुदीप श्रेष्ठ

काठमाडौं महानगरपालिकाले बिहीबार जयनेपाल हलको आँगनमा डोजर चलाएर जमिनको सतहभन्दा १५ फिटमुनि इँटाको गुम्बजभित्र बगिरहेको टुकुचाको भूमिगत अंश उत्खनन गर्‍यो।

नारायणहिति दरबार संग्रहालय परिसरबाट बाहिर निस्केदेखि टुकुचा सतहमा देखिँदैन। यो भूमिगत बग्दै तीनधारा मार्गको काठमाडौं प्लाजामुनि आइपुगेपछि मात्र बाहिर निस्कन्छ। यसबीचको ४ सय ४० मिटर खण्डमा टुकुचा कहाँ–कहाँ बग्छ भन्ने लामो समयदेखि अन्यौल थियो जसलाई काठमाडौं महानगरको उत्खननले चिरेको छ।

महानगरको यो कार्यले धेरैलाई उत्साहित बनाएको छ। खोला पुरेर त्यसमाथि घर लगायत भौतिक संरचनाहरू बनाएको भन्दै जयनेपाल हल लगायतले सामाजिक सञ्जालमा गाली खाइरहेका छन् भने मेयर बालेन शाहको तारिफ भइरहेको छ। महानगरको अभियान सफल बनाएर भूमिगत टुकुचालाई सतहमा पुनर्स्थापित गर्नुपर्ने माग पनि उठेको छ।

प्रकाशित मिति: : 2022-09-17 13:55:00

प्रतिकृया दिनुहोस्