जुम ब्यूटीद्वारा आयोजित एकदिने ‘पर्मानेन्ट’ मेकअप तालिम सम्पन्न(फाेटाे/भिडियाे)

ममता आचार्य

काठमाडौं

जुम ब्यूटी एकेडेमीले एकदिने ‘पर्मानेन्ट’ मेकअप तालिम सम्पन्न गरेको छ। काठमाडौं महानरनगरपालिकाको बबरमहलस्थित एक पार्टी प्यालेसमा ‘अब विदेश घुम्न जाने हो र विदेशी सिप नेपालमै सिकेर सक्षम बन्ने हो,’ भन्ने नाराका साथ कार्यक्रम सम्पन्न भएको हो। 

 तालिमा ५०० जना भन्दा बढी ब्युटीसियनसहित अन्य ब्यक्तिहरु पनि सहभागि भएका थिए। 

‘पर्मानेन्ट’ मेकअप गर्न किन आवश्यक छ ? मेकअप गर्दा के–कस्ता कुरामा ध्यान दिनुपर्छ ? कुन सामाग्रीहरु कति मात्रामा प्रयोग गर्नुपर्छ ? कसरी सतर्कता अपनाउन सकिन्छ ? भन्ने विषयमा  तालिम दिइएको थियो।

तालिम दिन थाइल्याणडबाट दुई पर्मानेन्ट मेकअप ब्युटीसियनहरू टिडा विवात्तडा र मास्टर निरिन फन्यालिन आएको आयोजनकले जनाकारी दिए।

लिप्स ब्लशिङ र फिलिङका विभिन्न प्रविधिहरु, ब्रो सिमर, ओम्ब्रे ब्राउज, पर्मानेन्ट आइलाइनर, माइक्रोब्लेडिङ (फेदर टच ब्रो), विभिन्न ल्यासेस एक्सटेन्सनका प्रविधिहरु, र बिग्रेको कसरी मिलाउन सकिन्छ भन्ने तालिममा सिकाइएको थियो।

तालिमपश्चात तालिममा भाग लिएका ब्युटीसियनहरुले अन्तर्राष्ट्रिय स्तरको प्रमाणपत्र पाएका छन्। जसले उनीहरुले संसारभर आफ्नो पेशा रोजगारमुलक र अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भएकोले निकट भविष्यमै सकारात्मक लाभ लिन सकिने एकेडेमीका निर्देशक कृशप तनाबासुले बताए।

प्रकाशित मिति: : 2022-09-14 20:04:00

प्रतिकृया दिनुहोस्