जीवनमा त्याे मानिस सफल हुन्छ जाे कैयाैँ पटक लडेर पनि फेरि उठेर हिँड्ने हिम्मत राख्छ। जुनसुकै परिस्थितिमा पनि अगाडि बढ्ने काेसिस गरिरहेकाे हुन्छ।
त्यस्तै परिस्थितिले अनेकाैँ कठिनाइहरू आइलाग्दा पनि निरन्तर काेसिस गरेर सफल बनेका व्यक्तित्व हुन्, ताप्लेजुङका सन्ताेष सुवेदी। हाल काठमाडाैँमा सफल व्यवसायीका रूपमा स्थापित ४४ वर्षीय सुवेदीले जीवनमा धेरै कठिनाइहरू भाेगे। स्वदेशमा मात्रै नभएर विदेशमा पुग्दा समेत नसाेचेका दु:खहरूकाे सामना गर्नुपर्याे।
तर, पनि उनले कहिलै हार मानेन्, गरिरहे निरन्तर कर्म। देशमा साेचे जस्ताे राेजगारी नपाएपछि सन्ताेष वि.सं. २०६३ सालमा कामकाे खाेजीमा दुबई पुगेका थिए। त्यतिबेला देशमा भर्खर १० वर्षे लामाे जनयुद्धकाे अन्त्य हुँदै थियाे। त्यतिबेला देशमा राम्राे काम पाउन निक्कै मुश्किल थियाे। कामकाे खाेजीमा देश छाेडेर विदेशिने युवाकाे लर्काेमा उनी पनि मिसिएका थिए।
दुबईकाे सप्लायर्स् कम्पनीमा गएका उनकाे कमाइ पनि राम्राे थियाे। सहजै काम, राम्रै दाम पाएपछि उनकाे जीवनमा सुखका नयाँ आयामहरू थपिँदै थिए तर दुर्भाग्यवश गएकाे तीन महिनामै सडक दुर्घटना परे। जीवनमा नसाेचेकाे दुखद क्षण आयाे। ढाड भाँचियाे। बिरानाे मुलुक त्यसमाथि अशक्त शरीर लिएर बस्न उनलाई निक्कै गाह्राे भयाे।
कम्पनीले शरीरकाे उपचार त गरिदियाे तर उनले कानुनी उपचार पाएनन्। अदालतमा दुर्घटनाकाे मुद्दा दर्ता भयाे तर कहिलै सुनुवाइ भएन्। उनी अशक्त शरीर र गह्रुङ्गाे मन लिएर नेपाल फर्किए। ‘सडक दुर्घटनापछि दुबईमा धेरै दुख पाएँ। अदालतमा मुद्दा पनि हालेकाे थिएँ तर सुनुवाइ नै भएन। सुनुवाइ भएकाे भए त क्षतिपूर्ति पाइन्थ्याे हाेला त्याे पनि आश मरेपछि नेपाल फर्किएँ,’ सन्ताेषले बिएल नेपाली सेवासँग भने।
सन्ताेषले नेपाल फर्किँदा त्यति मात्रै लिएका थिएनन्, हात सीप पनि लिएर आएका थिए। त्यही सीपले अहिले उनकाे जीवन चलेकाे छ। सन्ताेषले त्यहाँकाे कम्पनीमा काम गरिरहँदा विभिन्न केमिकल, साबुन, फिनेल तथा हार्पिक लगायत सामानहरू बनाउन सिकेका थिए। त्यही सीपकाे सदुपयाेग नेपालमा आएर गरे। विदेश पुगेकाे करिब १ वर्षपछि नेपाल फर्किँदा सन्ताेषकाे हातमा जम्मा एक सय रूपैयाँ मात्रै थियाे। त्यसमध्ये ७० रूपैयाँले बालाजुकाे केमिकल उद्याेगमा गएर केमिकल किने र हातमा ३० रूपाैयाँ बाेकेर खाली बाेतल खाेज्दै हिँडे।
त्याे सय रूपैयाँकाे सामानबाट उनलाई ३० रूपैयाँ फाइदा आउथ्याे। त्यसैगरी उनले केमिकल किन्ने र आफैंले बनाएर हार्पिक र फिनेल बनाएर विभिन्न पसल, हाेटेल तथा स्कुल, क्याम्पसहरूमा बेच्न थाले। उनी जहाँ पुग्थे, त्यहाँ आफ्नाे उत्पादकाे स्याम्पल देखाउथे। ‘मेरो स्याम्पल बाजेको सेकुवा कर्नरले १० पटकसम्म लियो। त्यसपछि मेरो पहिलो ग्राहक नै बाजेको सेकुवा भयो,’ सन्ताेषले व्यवसायकाे सुरूवाती चरणकाे अवस्थाबारे बताए। उनकाे मिहेनत र लगनशीलता देखेर परिवारबाट पनि उनलाई साथ सहयाेग मिल्याे।
उनले त्यसपछि वि.सं. २०७५ सालमा नयाँ बस्तीमा साबुन, केमिकल, हार्पिक, फिनेल, कोलिन र अन्य थुप्रै सामान बनाउने उद्याेग पनि खाेले। त्यसपछि उनकाे उत्पादन र आम्दानी दुबै बढ्याे। उनले सुरूवाती चरणमै १५ जनाभन्दा बढीलाई राेजगारी दिन थाले। ‘मेलैं सबै कामदारलाई नेपाल सरकारले तोकेको तलब प्रदान गरेको थिएँ। कामदारलाई तलब दिएर महिनामा ५० हजारभन्दा बढी पैसा जाेगिन्थ्याे।
त्यसमध्ये केही रकम घरमा खर्च हुँन्थ्याे बाँकी फ्याक्ट्रीमा लगानी गर्थेँ,’ उनले भने। यसरी १ सय रूपैयाँबाट व्यवसाय सुरू गरेका सन्ताेष उद्याेगका मालिक बने। उद्याेग पनि साेचेअनुसार राम्रै चलेकाे थियाे। तर, काेराेना महामारीले उनकाे व्यवसाय लथालिङ्ग भयाे। ‘कोभिडमा सबै बन्द भएपछि मैले बनाएका सामान कसलाई बेच्ने भन्ने अन्याेल भयाे। सामान बिक्री नभएपछि कहाँबाट भाडा तिर्ने ? उद्याेग कसरी चलाउने ? सारै गाह्राे भयाे।
त्यसपछि मेराेमा काम गर्ने कर्मचारीहरूलाई हटाउनु पर्याे सारै दुख लागेकाे थियाे त्यतिबेला,’ सन्ताेषले काेराेना महामारीकाे प्रभावबारे भने। सन्ताेषका चार छोरी छन। उनीहरूले नै काेराेना महामारीमा सामान बनाउनमा सहयाेग गरे। त्यसपछि भने उनीहरूकाे काम बिस्तारै चल्दै गयाे। तर, त्यतिबेला भाेग्नु परेकाे दु:ख सम्झिदा देशमा सरकार भएकाे अनुभूति गर्न नसकेकाे उनकाे भनाइ छ। उद्याेग चलाउनकाे लागि राज्यबाट अनुदान तथा सहज रूपमा कर्जाकाे व्यवस्था नहुँदा व्यवसाय नै धरापमा परेकाे उनी बताउँछन्।
सन्ताेषले जीवनमा धेरै संघर्ष गरे तर कहिलै पनि हार मानेन्, हुन पनि हाे विदेशमा नर्क जस्तै भइसकेकाे जीवनलाई नेपालमा श्रृंगारे। त्यसैले त यसपटक पनि उनले बन्द हुने अवस्थामा पुगेकाे उद्याेगलाई फेरि हराभरा बनाए। अहिले उनले थप नयाँ सामाग्रीकाे समेत उत्पादन थालेका छन्। अहिले त्यही उद्याेगबाट उनीहरूकाे ६ जनाकाे परिवार चलेकाे छ। सन्ताेषले यसरी कमाएकाे पैसा घर व्यवहार चलाएर समाज सेवा गर्नमा समेत पुर्याएका छन्।
सन्ताेषले अहिले त धेरै ठाउँहरूमा पुगेर तालिम समेत दिने गरेका छन्। काठमाडाैँकाे सुकेधारामा उनकाे साबुन तथा केमिकल तालिम केन्द्र समेत छ। त्यहीबाट उनले धेरै मानिसलाई तालिम दिएर सक्षम बनाउने काम गरिरहेका छन्। उनकाे चहाना छ, धेरै भन्दा धेरै मानिसलाई सीप सिकाएर आत्मनिर्भर बनाउन सकुँ।