जुम ब्युटीको ३ दिने ‘पर्मानेन्ट’ मेकअप कार्यक्रम सम्पन्न (भिडियोसहित)

ममता आचार्य

काठमाडौं

जुम ब्युटी एकेडेमीको ३ दिनको ‘पर्मानेन्ट’  मेकअप कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम जुमको बालाजु शाखामा सञ्चालन भएको थियो। 

२७ गते देखि सञ्चाल गरिएको उक्त कार्यक्रममा तालिम दिन थाइल्याणडबाट दुई पर्मानेन्ट मेकअप ब्युटीसियनहरू सुश्री टिडा विवात्तडा र मास्टर निरिन फन्यालिन उपस्थित रहेका थिए। 

कार्यक्रममा जुम ब्यटीका १५ शिक्षकहरु सहभागी थिए।  

पार्लरकि संस्थापक जुनु चक्रधर समय तथा पैसा बचतको लागी पर्मानेन्ट मेकअप कक्षा सञ्चालन गरिएको बताउँछिन्। 

‘आज भोलि मान्छेहरु धेरै व्यस्त हुन्छन्। आफूलाई श्रृङ्गार गर्ने समेत समय पुगि रहेको हुदैँन। हरेक दिन मेकअप गर्दा समयको साथै पैसाको पनि निकै खर्च हुन्छ। ‘पर्मानेन्ट’ मेकअप भन्ने बारे धेरै थाहा नभएको हुन सक्छ।अझ धेरैलाई जानकारीको साथै सबै चिजको सदुपयोग हुने भएकोले हामीले यो कार्यक्रम सञ्चालन गरेका हौँ र जुन अहिले यो अती नै आवश्यक पनि छ। ’ उनले भनिन्। 

कक्षामा सहभागी भएकाहरुले आफूले सिकेको तालिमलाई गरेर पनि देखाएका छन्। 

यससँगै पर्मानेन्ट मेकअप किन आवश्यक छ? र यसको फाइदाहरु के के छन् भनि सहभागीहरुलाई हामीले सोधेका छौं।

प्रकाशित मिति: : 2022-09-14 12:00:00

प्रतिकृया दिनुहोस्