पर्यटन भित्राउन सडक आवश्यकः पर्यटन मन्त्री जिवनराम श्रेष्ठ (भिडियोसहित)

उमेश थापा

काठमाडाैँ

पर्यटनमन्त्री जिवनराम श्रेष्ठले पर्यटन भित्राउन सडक अत्यन्तै आवश्यक रहेको बताएको छ।

नेपाल पूर्वाधार सम्मेलन २०२२ मा आफ्नो कुरा राख्दै उनले सो कुरा बताएका हुन्। नेपाल निकै सुन्दर भएको उल्लेख गर्दै उनले पर्यटकहरुका लागि यो आकर्षण केन्द्र भएको सुनाएका छन्। रारा, डोल्पा, मनोसरोवर जस्ता ठाँउहरुमा विकास नभएका कारण पर्यटकहरुलाई आउन जान र घुमफिर गर्न सास्ती भएको उनको भनाइ छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन २०२२ को ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ–दी बिग पिक्चर पोस्ट कोभिड सिनारियो’ सत्रमा विज्ञहरूले बदलिदो परिवेसमा पूर्वाधारको प्राथमिकता र त्यसको माग गर्ने लगानीको मागमा फरकपन आएको जानकारी दिएका छन्।

कोभिड महामारीले अहिलेसम्मका पूर्वाधार, त्यस्ता पूर्वाधार निर्माणमा अपनाइएका मोडल, सहभागिताजस्ता विषयमा पुर्नविचार गर्नुपर्ने अवस्था आएको विज्ञहरुको जिकिर छ। जलवायु परिवर्तन, सामाजिक वृहत्तर हित, सबै लाभान्वित हुने पूर्वाधारको दीर्घकालिन लक्ष्यका प्राथमिकता र प्रकृतिमा परिवर्तन आएसँगै यसले धेरै लगानीको माग गर्ने विज्ञहरूको भनाइ छ।

नेपालमा जत्ति पर्यटक आउनुपर्ने थियो त्यति भित्राउन पनि नसकेकोमा पर्यटनमन्त्री श्रेष्ठले दुःखेसो पोखेका छन्।सँगसँगै उनले विशेष गरेर सडक राम्रो नभएको कुरालाई औल्याएका छन्।

प्रकाशित मिति: : 2022-09-08 18:00:00

प्रतिकृया दिनुहोस्