युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित छैन : भारत

File Photo
File Photo

युक्रेन द्वन्द्वको असर युरोपमा मात्र सीमित नरहेको भन्दै भारतले विशेषगरी विकासोन्मुख देशहरुमा खाद्यान्न, मल र इन्धन सुरक्षालाई लिएर चिन्ता बढाएको बताएको छ। 

सुरक्षा परिषद्लाई आश्वस्त पार्दै संयुक्त राष्ट्रसंघका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा काम्बोजले युक्रेन द्वन्द्वका कारण उत्पन्न आर्थिक कठिनाइलाई कम गर्न भारतले अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्ने बताए। 

'भारतले अन्तर्राष्ट्रिय समुदाय र साझेदार देशहरूसँग यस द्वन्द्वबाट उत्पन्न हुने आर्थिक कठिनाइहरू कम गर्ने' कार्यलाई जारी राख्नेछ।

'युक्रेन द्वन्द्वको प्रभाव युरोपमा मात्र सीमित छैन,' उनले बुधबार सुरक्षा परिषद्को बैठकमा भने। 

उनले भने 'द्वन्द्वले विशेष गरी विकासोन्मुख देशहरूमा खाद्यान्न, मल र ईन्धन सुरक्षाको बारेमा चिन्ता बढाइरहेको छ र हामी सबैले समानता, सामथ्र्य र पहुँचको महत्वलाई पर्याप्त रूपमा बुझ्नु आवश्यक छ।' 

रुचिरा काम्बोजका अनुसार पछिल्लो तीन महिनामा भारतले अफगानिस्तान, म्यानमार, सुडान र यमनलगायतका देशलाई १८ लाख टनभन्दा बढी गहुँ निर्यात गरेको छ। 

भारतले अन्तर्राष्ट्रिय समुदायले मानवीय सहायताको आह्वानमा सकारात्मक प्रतिक्रिया जारी राख्नेछ। भारतले हालै युक्रेनलाई मानवीय सहायताको बाह्रौं खेप पठाएको छ।

प्रकाशित मिति: : 2022-09-08 17:11:00

प्रतिकृया दिनुहोस्