चुनाव जित्नका लागि प्रचण्डले जस्तो भाषण गर्नुपर्छ: अर्थमन्त्री शर्मा (भिडियाेसहित)

अर्थमन्त्री जर्नादन शर्माले चुनाव जित्नका लागि प्रचण्डले जस्तो भाषण गर्न सक्नुपर्ने बताएका छन्। 

काठमाडौंमा बुधबार आयोजना गरिएकाे क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा बोल्दै उनले चुनाव जित्नका लागि चितवन गएर प्रचण्डको जस्तो भाषण गर्नुपर्ने बताएका हुन्। 

त्यसैगरी उनले विद्यार्थी संगठनले पार्टीको एजेण्डा बोकेको बताउँदै भने, ‘मैले आफूलाई क्रान्तिकारी एजेण्डा विहिन भएको अनुभुति गरेको छु। तर विद्यार्थी संगठनले पार्टीको एजेण्डा बोकेकोछ।’  

माक्सवादमा स्कुलिङ भन्ने हराउन थालेको उनले बताए। अब नयाँ युवाले माक्सवादी शिक्षा सिकाउन जरूरी देखिएको उनको भनाइ थियो। 

प्रकाशित मिति: : 2022-09-07 14:40:00

प्रतिकृया दिनुहोस्