प्रदेश सरकार कुना कन्दरामा देखिएको छ : मुख्यमन्त्री भट्ट

File Photo
File Photo

सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले सहर बजारमा प्रदेश सरकारको आलोचना भए पनि प्रदेशका कुना कन्दाराका नागरिकको भरोसा बनेको दाबी गरेका छन्।

‘सामाजिक सञ्जालमा प्रदेश सरकारप्रति टिका टिप्पणी भएको देखिन्छन्। ती सामाजिक सञ्जाल चलाउने मानिस सहरमा बसेका हुन्छन्,’ मुख्यमन्त्री भट्टले भने, ‘सरका केही मानिसले सरकारको आलोचना गरे पनि ग्रामीण भेगका नागरिकले हामीलाई माया गरेका छन्। प्रदेश सरकार प्रदेशका विकट क्षेत्रमा देखिएको छ।’

५ वर्षसम्म सरकार भएको अनुभूति नै भएन, यो प्रदेश संरचना नै खारेज गर्नुपर्छ भन्दै नागरिकबाट आवाज आउन थालेका छन्। प्रदेश सरकार प्रति नागरिकको वितृष्ण किन बढ्या ? भन्ने प्रश्नमा बोल्दै मुख्यमन्त्री भट्टले भने, ‘सामाजिक सञ्जाल चलाउने केही मानिसको धारणा मात्रै हामीले देखेका छौं। प्रदेशका कुना कन्दरामा हामी पुगेका छौं। त्यहाँका नागरिकले हामीलाई माया गरेका छन्। तर जनताले गर्ने आलोचनालाई पनि हामीले सकारात्मक रूपमा लगेका छौं, कतै न कतै हामी पनि चुकेका छौं।’

उनले प्रदेश सरकारले ५ वर्षमा सडक, शिक्षा, स्वास्थ्यमा राम्रो प्रगति गरेको बताए। ‘हिजोको भन्दा शिक्षा, स्वास्थ्य र पूर्वाधारमा प्रदेश सरकारले राम्रो काम गरेको छ,’ मुख्यमन्त्री भट्टले भने, ‘कानुन निर्माणको काममा पनि हामीले धेरै प्रगति गरेका छौं। अब आउने सरकारलाई काम गर्न धेरै सहज हुने छ।’

प्रकाशित मिति: : 2022-09-03 18:27:00

प्रतिकृया दिनुहोस्