मङ्गलबार, १६ सेप्टेम्बर २०२५

महिला साफ च्याम्पियनसिप: के नेपालले जित्ला उपाधि ? 

Photo : ANFA
• • •

आगामी भदौ २१ गतेदेखि असोज ३ गतेसम्म दशरथ रगंशालमा हुने महिला साफ च्याम्पियन सिपको सबै तयारी पूरा भएको छ। 

शुक्रबार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा) ले सम्पूर्ण तयारी भएको जानकारी दिएको छ। 

आयोजक राष्ट्र नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान र बंगलादेशको सहभागीता हुने छ। महिला च्याम्पियन सिपमा सात टिमको सहभागीसगैँ एक टिममा ४ देश र अर्का टिममा ३ वटा देश गरी दुई समूहमा विभाजन गरिएको छ। 

प्रतियोगिताको लागि भुटान र पाकिस्तान टोली नेपाल आइसकेको छन्। आयोजक राष्ट्र नेपालले महिला साफ च्याम्पियनसिपको छैटौँ सस्कंरण आयोजना गर्न लागेको हो। यस भन्दा अघि नेपालले सन २०१९मा महिला साफ च्याम्पियनसिपको आयोजना गरेको थियो। उद्घाटन खेलमा नेपालले भुटानको सामना गर्नेछ।

एन्फाका अनुसार प्रतियोगिता आयोजना गर्नको लागि कुल ३ करोड ४७ लाख ६७ हजार ६ सय ८० रुपैयाँ लाग्ने जानकारी दिएको छ। 

महिला साफ च्याम्पियन सिपको इतिहास

महिला साफ च्याम्पियन सिपको पहिलो  सस्कंरण सन् २०१० मा भएको थियो भने नेपालले आगामी भदौ २१ गतेदेखि महिला साफको छैटौँ  सस्कंरण आयोजना गर्न लागेको हो। 

महिला साफ च्याम्पियन सिपमा हालैसम्म भारतरले धेरै पटक उपाधि जित्न सफल भएको छ। सन २०१९ मा नेपालले आयोजना गरेको उक्त च्याम्पियन सिप भारतले उपाधि जितेको थियो भने नेपाल दोस्रो भएको थियो। 

नेपालले उपाधि जित्ने कति सम्भवना छ ? 

नेपालले गएको  सस्कंरणमा उपाधि नजिक पुगेर हार व्यहार्न परेको थियो। गएको  सस्कंरणमा नेपालले फाइनलमा भारतको सामान गरेको थियो जसमा नेपाल उपाधि नजिक पुगेर फर्कनु परेकाे थियाे। 

भारतसँगको फुटबल भन्नेबित्तिकै नेपाली फुटबल प्रेमीहरुको मनमा चिसो पस्न थाल्छ। नेपालसँग भारतको प्रतिस्पर्धा हुँदा फुटबल प्रेमीहरुको मनमा अनेक कुरा खेल्न थाल्छ। भारतसँग भएको खेलमा नेपालले धेरै लज्जास्पद हार बेहाेर्नु परेकाे छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!