धनगढीमा विभिन्न हातहतियारसहित एक जना पक्राउ

File Photo
File Photo

धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई विभिन्न हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ। 

भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिस सहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो। 

जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो। 

प्रकाशित मिति: : 2022-09-02 17:56:00

प्रतिकृया दिनुहोस्