बालेनको प्रयासले काठमाडौं सुन्दर राजधानी बन्ला ?

उमेश थापा

काठमाडाैँ

पछिल्लो समय काठमाडौं उपत्यकाका हरेक व्यक्तिको मुखमा पहिलो र अन्तिम शब्द झुण्डिएकाे छ, बालेन।

सुरूका दिनमा आफूले खसालेकाे मत खेर जाने पीरमा रहेका काठमाडौंबासीहरु अहिले भने उहीँ मेयर बालेन शाहकाे काम देखेर चकित परेका छन्।

काठमाडौंलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानका साथ कामको सुरूवात गरेपछि हरेक नागरिक उनको पक्षमा गुणगान गाइरहेका छन्।

जनताहरु बालेनले गरेको कामप्रति निकै खुशी भएका छन्। उनले सहर व्यवस्थित बनाउन विभिन्न प्रयासहरु गर्दै आइरहेका छन्। सुरुमा उनले फुटपाथ व्यवसायी र ठेला गाडा हटाएका थिए। जसकारण फुटपाथ व्यवसायीहरु निकै आक्रोश भए तर जनताहरू भने खुशी भएका थिए। उनले गरेको काम जनता र राष्ट्रको हितमा रहेको सर्वसाधारण बताउँछन्। 

अहिले काठमाडौंबासीहरु फोहोरबाट पीडित बनेका छन्। बालेनले विभिन्न प्रयास गरेपनि अझैं पनि काठमाडौंको फोहोरको व्यवस्थापन भएको छैन।

मेयर शाहले पछिल्लो समय फोहोर भन्दा पनि उपत्यकामा नक्सा पासविना बनेका वा सरकारी जग्गा हस्ताक्षेप गरेर बनाएका अस्पताल, घर तथा भवनहरुमा बढी ध्यान दिएका छन्। साथै उनले घरधनीहरुले पार्किङ एरिया भनेर नक्सा पास गरेको तर त्यस ठाउँमा पसलहरु राखिएकालाई पनि अनुगमन गरेर हटाउँदै आएका छन्।

यसरी पार्किङ एरियामा पसल राख्ने र नक्सा पासविना नै घर बनाउनेलाई उनले अनुगमन गरेर हटाउँदै र भत्काउँदै आएका छन्। त्यसकारण व्यापारी र घरधनीहरु उनीप्रति आक्रोश बनेका छन्।

महानगरले पार्किङ एरियामा राखिएका पसलहरु हटाउन ३५ दिने सूचना जारी गरेको थियो तर त्यो सूचनालाई घरधनीहरुले बेबस्ता गरेपछि मेयर आफैँ डोजर लिएर मैदानमा उत्रिएका हुन्। उनले अवैध संरचना हटाइरहँदा यता व्यापारीहरूले भने उनीसँगै गुनासाे पाेखिरहेका छन्।

महानगरले अवैध संरचना भत्काइरहँदा व्यापारीहरुले 'दशैँ अगाडि यस्तो नगर्दिनु, हामीलाई समय दिनु' भन्दै आइरहेका छन्। तर यता महानगरपालिकाले भने 
 पार्किङ एरियामा पसल राख्नु गलत हाे भन्दै पसलहरू भत्काइरहेकाे छ।

अस्तव्यस्त पार्किङ क्षेत्रलाई सुधार्नका लागि उनी फिल्मको हिरोझैँ अवैध संरचना भत्काउन लागिपरेका छन्।

विगतका दिनहरूमा पार्टीका उम्मेदवार भएका कारण काठमाडौंलाई व्यवस्थित नबनाएकाे अहिले सर्वसाधारण बताउँछन्। उनीहरूकाेअनुसार काठमाडाैंलाई कुनै पार्टीकाे नेता हाेइन बालेन जस्ताे मेयर चाहिएकाे हाे। 

बालेनले हटाए फुटपाथका व्यापार 

काठमाडौंमा वर्षाैदेखि सर्वसाधारणलाई सास्ती दिएर राखिएकाे फुटपाथ पसललाई मेयर बालेनले हटाएका छन्।

राज्यको ऐन तथा कानून नमानेर आफैँ अटेरी गरेर जनतालाई दुःख दिएर फुटपाथमा व्यापार गर्नेलाई बालेन हटाउँदा जनताहरू खुसी भएका छन्।

अहिले मेयर बालेनले गरेका काम देखेर अरू महानगरका मेयरलगायत व्यक्ति नै  उत्साहित हुन थालेका छन्। उनीहरूले बालनेलाई नै पछ्याउन थालिसकेका छन्।

सामाजिक सञ्जालमा भिड्न थाले सांसद र मेयर

नेकपा एमालेका सांसद महेश बस्नेत र मेयर बालेन्द शाहको सामाजिक सञ्जालमा घम्साघम्सी चलेको छ।

सांसद बस्नेतले मेयर शाहलाई कटाक्ष गर्दै 'भक्तपुर आएर विकास हेर्नु र दम भए मेरो घरको नक्सा बोकेर आउनुस्' भनेका थिए।

पछिल्लाे पटक मेयरले नयाँ बानेश्वरकाे अल्फा बिटा कार्यालय डोजरले भत्काएका थिए। एमाले निकट व्यक्तिको पसल भत्काएपछि बस्नेतले बालेनलाई त्यसाे भनेका हुन्। बस्नेतकाे कुरा सुनेका जनताले बालेनकाे विराेध गर्याे भन्दै सांसदमाथि नै खनिरहेका छन्।

बस्नेतले शाहलाई सानो व्यापारीहरुलाई मारमा पारेकाे भन्दै गुण्डाको आरोप पनि लगाएका थिए। 

बस्नेतका अनुसार उनले भक्तपुरमा धेरै विकास गरेका छन् र काठमाडौँमा मेयर शाहले गुण्डागर्दी गरिरहेका छन्।

यदि सरकारको कानुन मानेर राज्य विकास गर्नु नराम्रो हो भने सांसद बस्नेतले आफ्नो क्षेत्रमा के विकास गर्लान्?

 
 
 

प्रकाशित मिति: : 2022-09-03 08:44:00

प्रतिकृया दिनुहोस्