देशभर २७१ जना कोरोनाका संक्रमित थपिए, थप एक जनाको मृत्यु

File Photo
File Photo

पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९२० जनामा परीक्षण गर्दा २ सय ७१ जनामा संक्रमण पुष्टि भएको हो।

२ हजार ४८५ पीसीआर परीक्षण गरिएकोमध्ये २२४ जनामा र १ हजार ४३५ एन्टीजेन परीक्षण गरिएकोमा ४७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

सोही अवधिमा १ सय ७५ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या ३ हजार १ सय ९४ रहेको छ।

पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2022-08-31 18:29:00

प्रतिकृया दिनुहोस्