राज संस्थाको माग गर्दै नारायणहिटी अगाडि शाही युवा शक्ति नेपालकाे धर्ना (तस्बिर/भिडियाे)

राज संस्थाको माग गर्दै शाही युवा शक्ति नेपालले नारायणहिटी दरबार गेट अगाडि धर्ना दिएकाे छ।

बुधबार दरबारमार्गबाट नारा जुलुससहित उनीहरूले राजाको माग गर्दै नारायणहिटी अगाडि गएर धर्ना दिएका हुन्।

उनीहरुले ‘राजा आऊ देश बचाऊ,  हाम्रो राजा हाम्रो देश, संघीयता खारेज गर, हिन्दु राज्य कायम गर गणतन्त्र खारेज गर’ लगायतका नारा लगाएका थिए।

देशमा राजनीतिक दलहरुले लुटतन्त्र मच्चाएको भन्दै देशमा राजा आवश्यकता रहेको प्रदर्शनकारीहरुको भनाइ छ।

नारायणहिटी दरबारमा राजा नहुँदा देशमा दशा लागेको शाही यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले दाबी गरेका छन्।

उनले भने, ‘नारायणहिटी खण्डहर भएको छ, त्यो नाराहिटी शून्य भएको अवस्था छ। आज देश अभिभावकविहीन भएको छ। ज्ञानेन्द्रलाई नाराहिटीमा भित्र्याउ,  अब हाम्रो लडाइँ भनेको  ‘राजा आऊ देश बचाऊ’  हो।

 

 

प्रकाशित मिति: : 2022-08-31 15:40:00

प्रतिकृया दिनुहोस्