के तपाईं खोकीबाट ग्रसित हुनुहुन्छ? यस्ता छन्, घरेलु उपाय!

File photo
File photo

खोकी लाग्नु सामान्य कुरा हो। यो जुन मौसममा जस्ताेसुकै मानिसलाई पनि लाग्न सक्छ। खोकी लाग्ने बित्तिकै हामी घरेलु उपचारका सट्टा अस्पताल दौडिने गर्छाैँ। यदी खोकी लाग्दा घरेलु उपचारमा ध्यान दिने हो भने खोकीबाट मुक्त हुन सकिन्छ। त्यसैले अस्पताल जानुअघि घरेलु उपचार गर्न जरुरी छ। त्यसैले आज हामी चर्चा गर्नेछौँ, खोकीबाट बच्नका अपनाउनुपर्ने घरेलु उपचारबारे। 

यदी तपाईं खोकीबाट पीडित हुनुहुन्छ भने मह र अदुवाको रस मिसाएर सेवन गर्नुहोस्। यस्तो गर्नाले तपाईंको खोकी कम हुने गर्छ। 

मन तातो पानी पिउनाका साथै यसमा नुन राखेर कुल्ला गर्दा पनि खोकीलाई राहत मिल्छ। 

खोकी लाग्दा तातो पानीमा बाफ लिने र हट लेमन पिउँदा पनियसलाई फाइदा पुग्छ।

मरिच ,दालचीनी ,बेसार ,मेथी ,ज्वानो ,अलाइचि ,ल्वाङ र अदुवाको काढा पानी बनाएर पिउनाले पनि खोकी कम हुन्छ।

 
 

प्रकाशित मिति: : 2022-01-03 18:30:00

प्रतिकृया दिनुहोस्