राष्ट्रपतिको राजीनामाको चर्चाः ओलीपछि नेतृत्व लिने गरी राजनीतिमा सक्रिय हुँदैछिन् विद्या ?

लोकान्तर

काठमाडौं

विश्लेषक सौरभले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा केपी ओलीपछिको प्रधानमन्त्री विद्या भण्डारी भनेर विश्लेषण गरेका थिए, २०७६ मंसिर १६ गते। जतिबेला एमाले र माओवादी मिलेर बनेको नेकपाभित्र विवादको अंकुरण भएको थिएन । भर्खरभर्खर गठन भएको नेकपा फुट्ने अनुमान कसैले गरेका थिएनन् । सौरभको विश्लेषणलाई कतिपयले हल्का टिप्पणी भनेर लिए, कतिपयले हावा विश्लेषण भने । 

दुई कार्यकाल राष्ट्रपति भइसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा आउने र प्रधानमन्त्री बन्ने भन्ने प्रक्षेपण अलि अनौठो खालको थियो । राष्ट्रपति–प्रधानमन्त्री–राष्ट्रपति बन्ने त्यो चामत्कारिक ‘भ्लादिमिर पुटिन’ नेपालमा कोही देखिएको थिएन । 

सौरभले विश्लेषण गरेको तीन वर्षपछि विद्या भण्डारी सक्रिय राजनीतिमा आउने संकेत देखिएका छन् । सोहीअनुसारका विश्लेषण भइरहेका छन् । सौरभको विश्लेषणजस्तो ओलीपछिको प्रधानमन्त्री नभए पनि विद्या भण्डारी ओलीपछिको पार्टी अध्यक्ष हुने सम्भावनालाई एमालेका नेताहरू पनि इन्कार गर्दैनन् ।

प्रकाशित मिति: : 2022-08-26 18:52:00

प्रतिकृया दिनुहोस्