
प्रतिस्णा रेग्मी
सेन्ट लरेन्स कलेजले नवआगन्तुक विद्यार्थीलाई सम्मान गरेकाे छ।
मगंलबार जमलस्थित राष्ट्रिय नाच घरमा भएकाे अभिमुखीकरण तथा अभिनन्दन कार्यक्रममा कलेजले सोही कलेजका विद्यार्थीलाई सम्मान गरेकाे हाे।
कलेजमा भर्ना भएका कक्षा ११ का नयाँ विद्यार्थीलगायत कलेज पढेर गइसकेका विद्यार्थीलाई लक्षित गरेर उक्त कार्यक्रम गरिएकाे थियाे।
सन २०५४ मा स्थापित भएको सो कलेज नेपालको सर्वाेत्कृष्ट कलजेमध्यको एक हाे। जुन विद्यार्थीहरूकाे राेजाइमा पर्न सफल भएकाे कार्यक्रमका अतिथि रामप्रसाद सुवेदीले बताए।
'अहिले नेपालका विद्यार्थी जनसंख्यालाई सामुदायिक क्यापसले मात्र धान्न सकेको छैन। यस्तो परिस्थितीमा संस्थागत वा निजी विद्यालयले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर अध्ययन गर्न मौका दिनुपर्छ' उनले भने।
सम्मान तथा नाचगान रहेकाे साे कार्यक्रममा मुख्य अतिथिका रुपमा प्रमुख शिक्षा अधिकारी र शिक्षा विभाग प्रमुख काठमाडौं महानगरपालिका राम प्रसाद सुवेदी, काठमाडाैं महानगरपालिकाको वरिष्ठ विद्यालय सुपरभाइजर र शिक्षा अधिकारी शिक्षा विभागका मोतिराज खनाल, स्रोत व्यक्ति काठमाडौं महानगरपालिका शिक्षा विभागका यमनाथ चौलागाई, नेपालको सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता तथा सेन्ट लरेन्सका सल्लाहकार डा रुद्र शर्मा, पूर्व शकंरदेव क्याम्पस चिफ तथा सल्लाहकार डा कमलदिप ढकाल र प्रेरणीत रविन कटुवालको सहभागिता रहेकाे थियाे।
त्यसैगरी कलेजले आफ्नो कलेजमा अध्ययन गरेका र उच्च पदमा रहेका विभिन्न क्षेत्रका विघार्थीहरुलाई अभिन्दन गरेको छ। कलजेमा अध्ययरन गरेका डा अभिषेक कुमार शाह, इन्जिनियर विकल्प दगाल, पाइलट गुण एयरलाइन्स बबिन तामाङ, चार्टर एकाउन्टेन विदुर चन्द्र ढुङगाना, नेपाल राष्ट्रिय बैकंका अफिसर प्रतिमा भटराई र मिस प्लस टु विजेता अन्जली थापालाई सम्मान गरेकाे थियाे।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया