काश्मिरमा सडक दुर्घटनामा ९ पाकिस्तानी सैनिकको मृत्यु, ४ जना घाइते

geo.tv
geo.tv

पाकिस्तान नियन्त्रित काश्मिरको बाग जिल्लामा आइतबार भएको सडक दुर्घटनामा कम्तीमा नौ पाकिस्तानी सैनिकको मृत्यु हुनाका साथै अन्य चार जना घाइते भएका छ।

प्राप्त जानकारी अनुसार जिल्लाको शुजा अबाद क्षेत्र नजिकै उनीहरू सवार गाडी गहिरो खाल्डोमा खस्दा दुर्घटना भएको हो। 

दुर्घटनालगत्तै उद्धारकर्मी घटनास्थलमा पुगेर उद्धार कार्यमा  खटिएको पनि अधिकारीहरूले बताएका छन्।

पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरू गुणस्तरहीन सवारी साधन, जीर्ण सडक र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण हुने गर्दछन्।

भारी मनसुन वर्षाका कारण उत्तरी पाकिस्तानमा हालैका दिनहरूमा सडक दुर्घटनामा उल्लेखनीय वृद्धि भएको पाइएको छ।

प्रकाशित मिति: : 2022-08-22 07:13:00

प्रतिकृया दिनुहोस्