जापानका प्रधानमन्त्री किशिदा कोरोना सङ्क्रमित

File photo
File photo

जापानका प्रधानमन्त्री फुमियो किशिदा कोरोना सङ्क्रमित भएका छन्।

प्रधानमन्त्री कार्यालयलाई उद्धृत गर्दै मिडिया रिपोर्टहरूले जनाएअनुसार उनमा सङ्क्रमणसँगै हल्का लक्षणहरू पनि देखिएको छ।

उनी अहिले आफ्नो सरकारी निवासमा आराम गरिरहेका छन्। उनलाई शनिबार राति हल्का ज्वरो र खोकी जस्ता लक्षणहरू देखिएको थियो।

जापानको स्थानीय सञ्चारमाध्यम क्योडो नेले जनाएअनुसार ६५ वर्षीय प्रधानमन्त्रीले आफ्नो परिवारसँग करिब साता लामो गर्मी बिदा मनाएर सोमबारदेखि नियमित काममा फर्किने कार्यक्रम तय गरिएको थियो तर उनमा शनिबारदेखि सङ्क्रमणको लक्षण देखिन थालेपछि अहिले आराम गरिरहेका छन्। 

जापनामा पछिल्ला दिनहरूमा कोरोना सङ्क्रमण तीव्र हुँदै गएको छ।
 

प्रकाशित मिति: : 2022-08-21 17:10:00

प्रतिकृया दिनुहोस्