किर्तिमानी पर्वतारोही सानु शेर्पालाई विमानस्थलमा गरियो भव्य स्वागत

नेपाल पर्वतारोहण संघ
नेपाल पर्वतारोहण संघ

सुप्रसिद्ध नेपाली पर्वतारोही सानु शेर्पालाई भव्य स्वागत गरिएको छ।

 विश्वको १४ वटा ८ हजार अग्लो हिमाल दुई-दुई पटक चढेर इतिहास रचेका उनलाई शनिबार स्वागत गरिएको हो। 

बिहान विमानस्थलमा सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्वतारोहण संघ, माउन्टेन गाइड एशोसिएशन अफ नेपाल (मोगान), विभिन्न संघ संस्था लगायत विभिन्न पर्यटन संवद्ध व्यक्तिद्वारा उनलाई स्वागत गरिएको हो। 

गत महिना पाकिस्तान स्थित गाशेरब्रम-२ हिमालको सफल आरोहण गरेसँगै विश्वको १४ वटा चुचुरोको दोहोरो आरोहण गर्ने विश्वको पहिलो आरोही बनेका हुन्।

उनीसँगै जापानी पर्वतारोही नाओको वातानाबे र विभिन्न अन्य आरोहीहरूले पनि आजै गशेरब्रम-२ आरोहण गरे। 

संखुवासभा जिल्लामा जन्मेका ४७ वर्षे सानु शेर्पा सुप्रसिद्ध नेपाली पर्वतारोही हुन्। सानु शेर्पाले सन् २००६ मा पहिलो पटक चो ओयु हिमालबाट आठ हजार मिटर अग्ला हिमालको आरोहण शुरु गरेका थिए। 

नेपाल पर्यटन बोर्डको हलमा राखिएको सम्मान कार्यक्रममा बोल्दै किर्तिमानी सानु शेर्पाले खाली खुट्टा र हाफ पेन्टमा एक हजार बोकेर काठमाडौं आएको बताउँदै ट्रेकिङ कम्पनीमा छिरेको सम्झिएर भावुक भएका थिए।  

उनले ८ हजार माथिको हिमाल चढ्न सफल भएकोमा खुसी र दुःख लागेको बताए।

अरु देशमा भए एउटै हिमाल चढ्दा सरकारले कति धेरै सम्मान गरेको सुन्दा अच्चम लाग्ने गरेको बताउँदै उनले भने, 'त्यसको तुलनामा हाम्रो देशमा आरोहीलाई केहि गरेको छैन।'

सन २००६ देखि २०१९ को बीचमा सानुले विश्वको सबै ८ हजार मिटर अग्लो चुचुरो चढेका थिए। दुर्गम गाउँका गरिव परिवारमा जन्मेका सानु सन् २००५ मा जागिरको खोजीमा काठमाडौं आएका थिए। 

पर्यटन क्षेत्रमा पहिलो पटक भरियाको जागिर पाए। उनले कोरियाली टोलीले चो ओयु पर्वतारोहणको पहिलो पटक हिमाल तर्फ लागे। भरिया हुदैँ पछि उनले हिमाल एक्सपिडिशनको नेतृत्व गर्न थाले र सन् २०१९ मा पहिलो पटक १४ चुचुरो आरोहण गर्ने उनी तेस्रो नेपाली आरोही बनेका थिए। 

सानु  नेपाल, चीन र पाकिस्तानमा रहेका ८,००० मिटर (२६,००० फीट) भन्दा माथिका सबै १४ वटा चुचुरो आरोहण गर्ने नेपाल र दक्षिण एसियाका तेस्रो व्यक्ति हुन्।

आफ्नो प्रारम्भिक जीवनकालमा संखुवासभा जङ्गलमा भेडा र चौँरी चराएर गोठालाको रुपमा जिवन बिताएका थिए।

सानु शेर्पाको शिखर आरोहणका विवरण:

सगरमाथा –२००७, २००८, २००९, २०१२, २०१३, २०१६ र २०१७
केटु –२०१९ र  २०२१
धौलागिरी – २०१९, २०२१
चो ओयु–२००६ र २००८ 
मनास्लु – २०१० , २०११ र २०१६
शिशापाङ्मा –२००६ र २०११
ल्होत्से –२००८, २०२१ र २०२२
गाशेरब्रम–२०१३ र २०१९
गाशेरब्रम–२०१९ र २०२२
कञ्चनजङ्घा–२०१४ र २०२२
ब्रोड पिक–२०१४ र २०१७
अन्नपूर्ण-२०१६ र २०२१ 
नङ्गा पर्वत–२०१७, २०१८ र २०२२
मकालु–२०१९ र  २०२२

प्रकाशित मिति: : 2022-08-20 23:04:00

प्रतिकृया दिनुहोस्