अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा पाल्पामा भगवती जात्रा (फोटो फिचर) 

नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतिकको रुपमा  सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ।

कोभिडका कारण विगत दुई वर्ष औपचारिकता सिमित रथ यात्रा यस पटक भने हर्सोउल्लासका साथ मनाइएको हो। 

पाल्पाली प्रशासकको रुपमा रहेका कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपालले वि.सं १८७१-०७२ मा बुटवलको जीतगढीमा अंग्रेजसँग भएको युद्धमा विजय हासिल गरेको थियो। यहि सम्झनामा वि.सं १८७७ देखि प्रत्येक वर्ष पाल्पामा विजय उत्सव मनाउन थालिएको हो। 

राष्ट्रियतासँग जोडिएको यो विजय उत्सव पछिल्लो समय स्थानीय स्तरमा मात्र मनाइँदा राष्ट्रिय स्तरमा ओझेलमा परेको भन्दै यसलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन आवश्यक रहेको रण्उजेश्वरी भगवती गुठी व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष भिमसेन कार्कीले बताए।  

बुटवलको जितगढी किल्लालाई अंग्रेजको हातमा पर्न नदिन कर्णेल उजिरसिंह थापाले युद्धमा विजयी भएमा भगवतीको मन्दिर बनाई सिन्दुरजात्रा निकाली बजार परिक्रममा गर्ने भाकल गरेका थिए। सोही भाकल अनुसार प्रत्येक वर्ष भाद्र कष्ण नवमीको दिन विजय उत्सब मनाउने गरिन्छ। 

युद्धमा विजयी भएपछि कर्णेल उजिरसिंह थापाले १८७२ देखी १९७६ सम्म मन्दिर निर्माण गरी भगवती जात्रा मनाउन थालिएको इतिहास विद् निर्मल श्रेष्ठले बताए।

यो जात्रालाई पश्चिम क्षेत्रकै ऐतिहासिक जात्राको रुपमा लिने गरिन्छ। ऐतिहासिक रथ यात्रालाई राष्ट्रिय पर्वको रुपमा मनाउका लागि संघिय सराकारले समेत पहल गर्न सके यसको गरिमा अझ बढ्न सक्ने स्थानियनीवासी बताउँछन्। 

प्रकाशित मिति: : 2022-08-20 21:13:00

प्रतिकृया दिनुहोस्