शिवसँगको सम्बन्धअघि नै निहारिकाको कोखमा गर्भ !

Breaknlinks
Breaknlinks

वि.स. २०७६ सालतिर शिवराज श्रेष्ठ जनकपुरको रामस्वरुप रामसागर क्याम्पसको स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिए। त्यसबेला उनी पढाइसँगै जनकपुरैको एक मोबाइल पसलमा काम पनि गर्थे। यसै क्रममा उनको भेट जलेश्वरकी सोनालीकुमारी सिंह उर्फ निहारिका राजपुतसँग भयो।

पहिलो भेटमा नै देखादेख भएपछि उनीहरुले मोबाइल नम्बर साटासट गरे। मोबाइल नम्बर साटेदेखि सुरु भएको उनीहरुको मित्रता विस्तारै प्रेममा परिणत भयो। प्रेम प्रस्ताव सोनालीले नै राखिन्। शिवले उनको प्रेम प्रस्ताव स्वीकार गरे।

उनीहरु विस्तारै सामाजिक सञ्जालमा जोडिए। भेटघाट बाक्लै हुन थाल्यो। प्रत्येक भेटपश्चात शिवराजलाई सोनाली प्रिय लाग्न थाल्याे, प्रेम झन् प्रगाढ हुँदै गयो। उनीहरुले उमेर पुगेपछि विवाह गर्ने बाचासमेत गरे।

०००

यसै क्रममा सोनाली बीएचएम गर्न काठमाडौँ बस्ने, समय-समयमा जनकपुर जाने गरेको र साथीकै घरमा बस्ने गरेको शिवराजले थाहा पाए।

यसैबीच एकदिन सोनालीले शिवलाई आफ्नो आमा नभएको र सौतेनी आमाले रिस गर्ने भएकाले साथीकोमा बस्ने गरेको बताइन्।

‘उनले मलाई आफ्नो आमा बितिसकेको भनेकी थिइन्। निहारिका बीएचएम गर्न काठमाडौँ बस्थिन्, बेलाबेलामा जनकपुर आउने गर्थिन्। तर आफ्नो घर जाँदैन थिइन्, साथीकै घरमा बस्थिन्’, उनले बिएल नेपाली सेवासँग भने, ‘मैले यसबारे निहारिकालाई सोध्दा आमाको मृत्यु भइसकेको र सौतेनी आमाले रिस गर्ने भएकाले घर जाने मन नभएको बताउँथिन्। उसले यो सब भनेपछि मैले पनि त्यति वास्ता गरिनँ।’

शिव कामकै सिलसिलामा काठमाडौँ आउने–जाने गरिरहन्थे। सोनाली पनि काठमाडौँमा नै थिइन्। उनले सोनालीलाई भेट्न अनुरोध गरे। सोनालीले पनि सहजै स्वीकार गरिन्।

जब उनीहरुको काठमाडौँमा भेट भयो, तब शिवले सोनालीले बीएचएमको लागि तयार गरिरहेको भन्ने कुरा झुट भएकाे थाहा पाए।

उनी आफ्नो काम सकाएर पुन: जनकपुर नै फर्किए। ०७६ कै पुष महिनामा सोनाली पनि क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष मनाउन जनकपुर गइन्।यही क्रममा उनीहरुले कोही दिनसँगै पनि बिताए।

सोनाली अंग्रेजी नयाँ वर्षमा जनकपुर जाँदा दुई/तीन दिन उनीहरू सँगै बसे। तर आफूहरू संगै बसे पनि (सोनाली) निहारिकाको काखमा भएको छोरा आफ्नो नभएको शिव बताउँछन्।

‘क्रिसमसमा मैले नै टिकट काटिदिएर निहारिका जनकपुर आएकी थिइन्’, उनले भने, ‘२०१८ को क्रिसमसमा जनकपुर आएकी थिइन्। यसै क्रममा हामी दुई/तीन दिनसम्म सँगै बसेका थियौँ, तर निहारिकाको साथमा भएको बच्चा मेरो होइन।’

०००

पछिल्लो केही समययता निहारिका राजपुत भनेर चिनिने सोनालीकुमारी सिंह आफूमाथि भएको बलात्कार र त्यसपश्चात जन्मिएकाे बच्चाको डीएनए टेस्ट गर्न तथा आरोपीलाई कारबाही गर्नुपर्ने भन्दै वसन्तपुरदेखि सर्वोच्च अदालत, राष्ट्रपति भवन अगाडिलगायतका क्षेत्रमा अनशन र प्रदर्शन गर्दै आइरहेकी छन्।

उता शिवराज श्रेष्ठ भने बच्चा आफ्नो नभएको बताउँदै डीएनए टेस्टको लागि आफू तयार रहेको बताउँछन्।

‘उनी क्रिसमसमा जनकपुर आएको बेला हामी सँगै थियौँ। शारीरिक सम्बन्ध पनि भएको हो। हामीबीच शारीरिक सम्बन्ध भएपनि निहारिकासंग भएको बच्चा मेरो होइन।’

निहारिकाकाे आफूसंग मात्र सम्बन्ध नभएकाेले बच्चा आफ्नाे नभएकाे शिव दाबी गर्छन्। ‘उसको मसँग मात्र सम्बन्ध थियो भने म मान्ने थिएँ, तर उसको मभन्दा अरुसँग पनि सम्बन्ध रहेकाेले म कसरी मानुँ त्यो बच्चा मेरो हो भनेर। म डीएनए टेस्टको लागि तयार छु’, उनी भन्छन्।

शिवलाई उनका साथीहरूले निहारिकाको बारेमा भनेका थिए कि उसको अरु केटा पनि छ। साथै निहारिका लागुऔषधको दुर्व्यसनमा फसेको कुरा साथीहरू भनेकाे तर आफूले त्याे कुरालाई पहिला सहज रुपमा लिएकाे शिव बताउँछन्।

‘साथीहरूले निहारिका लागुऔषधको दुर्व्यसनमा पनि फसेको छ भनेका थिए, मैले पहिला उनीहरुको कुरालाई सहज रुपमा लिएँ’, उनले भने, ‘तर पछि उसको घाँटीको पछाडि मनिष नाम गरेको ट्याटु देख्दा भने साथीले भनेकाे कुरामा ध्यान गयो।’

जब शिवले आफ्नो प्रेमिकाको घाँटीको पछाडि मनिष नामको ट्याटु देखे, तब त्यसपछि भने उनीहरुबीच विवाद सुरु हुन थाल्यो।

कसरी भयो सुरु विवादको?

शिवले निहारिकाको शरीरमा अरु केटाको नाम देखेपछि ट्याटुबारे सोधे, निहारिकाले मनिष आफ्नो पूर्वप्रेमी रहेको बताइन्। तर मनिषले पछि आफूलाई छाडेर गएको बताइन्।

निहारिकाले मनिष नामको ट्याटु हटाइ आफ्नाे नामको बनाउने भन्दै आफूसंग पैसा मागेको शिव बताउँछन्।

‘मैले निहारिकालाई ट्याटुबारे सोधेको थिएँ। उनले मलाई मनिष नामको ट्याटु मेटाइ तिम्रो नामको ट्याटु बनाउँछु पनि भनिन्, उक्त टयाटु नेपालमा मेटाउन नमिल्ने हुँदा अष्ट्रेलिया या थाइल्याण्ड गइ मेटाउनुपर्छ भनेकी थिइन्। तर मलाई के थाहा थियो भने उसले ट्याटु मेटाउने बहानामा मलाई लुट्दै छ’, उनी सुनाउँछन्।

शिवले निहारिकाको यस्तो प्रतिक्रिया पाउँदा बितिसकेको कुरा भन्दै कोटाउन चाहेनन्, तर त्यसको दुई दिनपछि निहारिकाकाे फेसबुक आइडीबाट ‘निहारिका राजपुत फिलिङ लभ विथ भनेर त्यही ट्याटु बनाएको मान्छेसँग चुम्बन गरेको फोटो सार्वजनिक भयाे। त्यसपछि शिवले निहारिकालाई प्रश्न पनि गरे, तर निहारिकाले उत्तर दिनु मानिन् र अर्काे भेट्ने बताइन्।

भोलिपल्ट गंगासागर नजिकै उनीहरुको भेटे भयाे। शिवले आइन्दा निहारिकासँग प्रेममा रहन नसक्ने भन्दै सम्बन्ध तोड्न चाहेको बताए। तर निहारिकाले शिवविना बाँच्न नसक्ने भन्दै गंगा नदीमा हाम फालिन्।

शिव निहारिकाले आफूलाई डर देखाउन गंगासागरमा हाम फालेको बताउछँन्। ‘जब मैले निहारिकालाई तिमीसँग प्रेममा रहन सक्दिनँ भनेँ, पहिला त तिमीविना बाँच्न सक्दिनँ भनेकी थिइन् तर पछि गंगामा हाम फालिन्’ , उनले भने, ‘मलाई पौडी खोल्न आउँदैन थियो, साँझको समय थियो वरिपरि कोही थिएनन्, पछि उनी आफैँ गंगा बाहिर आइन्। मैले उसको हर्कतदेखि डराएर माया गर्छु सम्म भनेँ।’

शिवसंगकाे सम्बन्धअघि नै निहारिकाको काेखमा गर्भ

निहारिकाको काखमा हाल दुई वर्षको छोरा छ। निहारिकाले बारम्बार बच्चा शिवकै हाे भनिरहँदा शिवले भने आफ्नो नभएको बताइहेका छन्।

आफूसंग सम्बन्ध हुनुअघि नै निहारिकाकाे काेखमा गर्भ भएकाे शिव बताउँछन्। ‘हामीबीच झगडा भएको एक महिना भएको थियो। निहारिका काठमाडौँ गइसमेकी थिइन्। एक्कासी उनले म प्रेगनेन्ट छु भनेर कल गरिन्। त्यतिबेला म जनकपुरमा नै थिए। म आफैँ काठमाडौँको अस्पतालमा  गएर चेक गराएँ तर उसको नौ हप्ता गर्भ थियो। डिसेम्बरको त्यो गंगा नदीको घटनापछि निहारिका काठमाडौँ गएको एक महिना मात्र भएको थियो भने म कसरी विश्वास गरुँ त्यो बच्चा मेरो हो भनेर। उसको अरु पनि केटासँग सम्बन्ध थियो। यदि डीएनए टेस्टबाट बच्चा मेरो हो भनी प्रमाण्ति भएमा म बच्चालाई सहर्ष स्वीकार गर्नेछु’, उनी भन्छन्।

पैसा नदिएकै कारण परिवारमा समेत यातना

यसैगरी केही समय बित्यो, निहारिकाले ट्याटु मेटाउन भन्दै शिवसँग साढे दुई लाख मागिन्। तर शिवले आफूसँग त्यति पैसा नभएकाले दिन नसक्ने बताए।

निहारिकाले आफूसँग पैसा मागेको र आफूले दिन नसक्ने बताएपछि आमालाई समेत टचर दिए उनले बताए। उनले भने, ‘उसले मसंग त पैसा माग्यो-माग्यो मेरी आमालाई पनि छाडिनन्, आमासँग पनि पैसा मागेको थियाे। उसले आमालाई त उमेर पनि ढाँटेर १७ वर्ष भनेको रहेछ। तर उ मभन्दा जेठी छ, म त्यतिबेला १८ वर्षको थिएँ।’

निहारिकाले आफ्नाे आमाविरुद्ध गर्भपतनका लागि दबाब दिएको भन्दै मुद्दा पनि हालेकाे शिव बताए। ‘आमालाई बारबार फोन गरेर पैसा दिनसमेत भनी तर हामीसँग पैसा पनि थिएन। अनि आमाविरुद्ध गर्भपतनको दबाब दिएको भन्दै मुद्दा पनि हालिन्’, शिवले भने, ‘बहिनीलाई समेत मुद्दामा उछेल्नु किन थियो। न उसको र मेरो बहिनीको नाता केही छ। यहाँ मेरो आमा र बहिनीलाई किन बारबार बीचमा ल्याइएको छ। यो सब मेरो परिवारको इज्जत मैदानमा मिलाउने र रकम हडप्नलाई गरेकाे हाे।’

शिवविरुद्ध निहारिकाले बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरीसमेत हालिन्। प्रहरीले दुवै परिवारको सदस्यलाई बाेलाएर छलफलसमेत गर्याे।

उनी भन्छन्, ‘मलाई बलात्कारको आरोपमा जिल्ला प्रहरी कार्यालयमा उजुरी हालिन्। प्रहरीले हामी दुवैलाई बोलायो। प्रहरीले दुवै परिवारको सदस्यलाई बोलाई छलफल गर्ने भनेपछि उनले गाउँको एक जनालाई दाइ पर्नेलाई बोलाएपछि सबैले उसलाई नै गाली गरे र पछि बुवा आउने बताइन्। उसको बुबाले निहारिकाकै कारण बेइज्जत भएको र उसप्रति कुनै चासो नभएको समेत बताउनुभएकाे थियाे।’

शिव भन्नछन्- म केटा भएर जन्मिनु गलत हो?

निहारिकाको कारण मैले मेरो जागिर पनि गुमाएँ। एक ठाउँ हैन, दुई ठाँउमा गएर चिठी लेखेर मेरो करियर धोस्त बनाउन खोजियो। मलाई काम गरी खाने अधिकार छैन? मलाई कुटपिटसमेत गराइ अदालतमा आरोपहरु स्वीकार गर भन्न लगाउने, मेरो परिवारमा समेत किन मेरोविरुद्ध षड्यन्त्र रच्ने , कुनै महिलाले सडकमा गएर रोइदियो भने उनले भनेको सबै कुरा साँचो हुने र पुरुष पुरै खराब, बदमास र बलात्कारी नै हुने हो त?

प्रकाशित मिति: : 2022-08-18 10:25:00

प्रतिकृया दिनुहोस्