केपी ओलीको पार्टीले चुनाव जितेको खण्डमा संसदीय प्रणाली खतरामा पर्छ : मन्त्री चौधरी

सहरी विकास मन्त्री मेटमणी चौधरीले हिजोको दिनमा गलत शासकहरुले शासन गर्दा मुलुकले दुख पाएको बताएका छन्। 

मुलक र जनताले अब दुख भोग्न हुन्न भनेर नै पाँचदलीय गठबन्धको सरकार बनेको उनले दाबी गरे।

नेपाल पत्रकार महासंघ पाल्पाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहरी विकास मन्त्री चौधरीले एमालेले चुनाव जितेको खण्डमा संसदीय प्रणाली खतरामा पर्ने बताए। 

उनले भने, ‘नेपालको संसदीय प्राणालीमा केपी ओलीको पार्टीले चुनाव जितेको खण्डमा संसदीय प्रणाली खतरामा पर्छ। नेपालको संविधानलाई जोगाइ राख्न आगामी निर्वाचनपछि पनि गठबन्धन सरकार बन्नुपर्छ।’

आगामी संघीय र प्रदेश निर्वाचनको लागि गठबन्धन कार्यदलले सिट संख्या र निर्वाचन क्षेत्र टुङ्गोमा पुर्याउने काम अन्तिम चरणमा पुगेको समेत जानकारी दिए।

साथै सरकारले दैनिक उपभोग्य सामाग्री र पेट्राेलियम पदार्थको मूल्यवृद्धिको नियन्त्रणका लागि प्रयास जारी राखेको बताएका छन्।

फरक प्रंसगमा बोल्दै मन्त्री चौधरीले काठमाडाैँको फोहोर व्यवस्थापनको पहिलो जिम्मा स्थानीय सरकारको भएको भन्दै छिटोभन्दा छिटो महानगरले फोहोर व्यवस्थापनको समस्या समाधान गर्नुपर्ने बताए। यसको लागि सहरी विकास मन्त्रालयले आवश्यक समन्वय गर्न तयार रहेको समेत बताए।

प्रकाशित मिति: : 2022-08-17 13:35:00

प्रतिकृया दिनुहोस्