आफुमाथि भएको बलात्कारको न्याय माग्दै एक सातादेखि आमरण अनशनमा रहेकी निहारिका राजपुतले आत्महत्याको प्रयास गरेकी छन्।
उनले राष्ट्रपति भवन अगाडि पुगेर आत्महत्या प्रयास गरेकी हुन्। निहारिका आफ्नो २ वर्षको छोरासहित शीतल निवास अगाडि गएकी थिइन्।
त्यहाँ पुगेर शरीरमा पेट्रोल खन्याउनासाथ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।