गायक दिपक लिम्बुको गीति एल्बम ‘समायोजन’ विमोचन (भिडियाेसहित)

गायक दीपक लिम्बुको गीति एल्बम ‘समायोजन’ विमोचन भएको छ। मण्डला नाटक घरमा बुधबार आयाेजित एक कार्यक्रममा ‘समायोजन’ काे विमोचन गरिएको हो।

कार्यक्रममा महेश खड्का, पारस मुकारुङ, मिलन चाम्स, चन्द्र कुबेरलगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेकाे थियो।

उक्त एल्बममा ४ वटा गीतहरु समावेश गरिएकाे छ। जसमा गायक तथा गीतकार डम्बर नेपालीको एकल शब्द संगीत रहेको छ।

त्यस्तै दिपक लिम्बुको एकल गायन रहेको छ। ‘समायोजन’ लाई रुबुसा क्रियटिभ वर्क्सले बजारमा ल्याएको हो। गीतको प्रोड्युसर गायक तथा मोडल रुकमान लिम्बुले गरेका हुन्।

एल्बमकाे ‘नढाटन हौ’ बोलको गीतको म्युजिक भिडियो पनि रिलिज भएको छ।

उक्त गीतमा कलाकार उत्तम केसी, दिपक लिम्बू , इशिका लिम्बुको अभिनय रहेको छ। त्यस्तै भिडियोको निर्देशन युवराज वाइबाले गरेका छन्।

">http://

प्रकाशित मिति: : 2022-08-10 17:05:00

प्रतिकृया दिनुहोस्