हिन्दु परम्परा अनुसार तुलसीको बोटलाई कृष्ण भगवानको प्रिय वनस्पतिको रुपमा लिने गरिन्छ।
जसका कारण हिन्दूहरू घर घरमा तुलसीको मोठ बनाएर पूजा गर्छन्। तुलसी धार्मिक रुपमा मात्र नभई स्वास्थयको लागी पनि लाभदायक छ। तुलसीको पातमा औषधीय गुणहरू भरपूर हुन्छन्।
अध्ययनहरूका अनुसार तुलसीका पातको प्रयोग रुघाखोकी, पेट दुखाइ, आँखाका समस्या, मधुमेह, कोलेस्ट्रोल, माइग्रेन, अवसाद लगायतका अनेकौं रोग निको पार्नका लाभदायक रहेको छ।
तुलसीका पातमा एन्टीब्याक्टेरियल, एन्टीफंगल र एन्टीबायोटिक गुणहरू हुन्छन्। जसका कारण यसको प्रयोग रुघाखोकी र ज्वरोलाई कम गर्नका लागि गरिन्छ। आयुर्वेदअनुसार तुलसीको काँढा बनाएर पिउँदा ज्वरो घट्छ।