प्रवेश बिष्ट
उर्लावारी नगरपालिका–८ मा सन्थाल समुदायका लागि निर्माण थालिएको एकीकृत बस्ती अलपत्र परेको छ। एक सय ६ परिवारलाई एकीकृत बस्ती निर्माण गरिदिने सङ्घीय सरकारको आवास कार्यक्रम अलपत्र परेको हो।
२०७७ सालमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एकीकृत सन्थाल बस्तीको शिलान्यास गरेको थिए। ०७७ फागुन १८ गते शिलान्यास गरेको एकीकृत बस्ती निर्माण कार्य अहिले अलपत्र अवस्थामा छ।
१ सय ६ वटा घर निर्माण गरी सन्थाल समुदायलाई हस्तान्तरण गर्ने उद्देश्यले सङ्घीय सरकारले आदिवासी सन्थाल समुदायका लागि एकीकृत बस्ती निर्माणका लागि शिलान्यास गरेको थियो।
एकीकृत बस्ती निर्माण गर्ने जग्गाको मुआब्जा विवरण नभएको भन्दै जग्गाधनीले अवरोध गरेपछि एकीकृत बस्ती निर्माण कार्य अघि बढ्न नसकेको उर्लावारी नगरपालिकाले बताएको छ।
झापा, मोरङ र सुनसरीमा गरी झण्डै ५२ हजार जनसङ्ख्या रहेको सन्थाल समुदायका लागि उर्लावारी नगरपालिका–८ मा पहिलो चरणमा १ सय ६ वटा घर निर्माण गरी हस्तान्तरण गर्ने गरी सङ्घीय सरकारले एकीकृत बस्ती निर्माण कार्यको सुरूवात गरेको थियो।
उर्लावारी नगरपालिका–८ स्थित रातो होली खोल्सीको छेउमा सन्थाल समुदायका लागि निर्माण गर्न लागिएको बस्तीका लागि छुट्ट्याइएको जग्गा विवादका कारण काम अगाडि बढ्न नसकेको नगरपालिकाले जनाएको छ।
एकीकृत बस्ती निर्माणस्थल रातो होलीको उत्तर–दक्षिण फैलिएको ७ सय ८० मिटर लम्बाइभित्र पर्ने ५२ हजार ८ सय २८ वर्ग मिटर जग्गामध्ये ३१ हजार ८ सय ६८ वर्ग मिटरभित्र बस्ती निर्माण गर्ने योजना सरकारको छ।
ऐलानी जग्गा भए पनि वर्षौँदेखि भोगचलन गर्दै आएकाले सरकारले सम्बोधन गर्नुपर्ने स्थानीयको भनाइ छ। यही कारण काम अघि बढाउन समस्या भएको छ।
तत्कालीन प्रधानमन्त्री आएर एकीकृत बस्ती निर्माण गर्ने भनि शिलान्यास गरेपनि काम अघि नबढ्दा निराशा बढेको स्थानीय लुखीराम टुडुले बताए।
सडक, खानेपानी, मनोरञ्जनस्थल, खोल्सी संरक्षण, सरसफाइ, बाल विकास केन्द्र, विद्यालय, स्वास्थ्य चौकी, सामुदायिक भवनलगायतको निर्माण गर्ने गरी ‘मास्टर प्लान’ मा उल्लेख गरिएको भएपनि काम सुरू नभएको स्थानीय वुद्धलाल मुर्मले गुनासो गरे।
प्रधानमन्त्रीले नै आएर शिलान्यास गरेपछि राम्रो आवास पाइने भइयो भनेर मख्ख परेका स्थानीय अहिले पानी पर्नासाथ बाढीले बगाउला कि भनेर चिन्तित बन्दै गएका छन्।
‘प्रधानमन्त्री आएर बस्ती शिलान्यास गरेपछि अब चाहिँ राम्रो बस्ने घर पाइएला भनेका थियौँ,’ स्थानीय मिठ्ठा मर्डीले भने, ‘अहिले हामी अलपत्र परेका छौँ, कसैले वास्ता गरेनन्।’
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया