सिण्डिकेटका नाइके अमिन थुनामा, नेपालका साझेदार स्वास्थ्य व्यवसायी खड्का तनावमा

Photo: Agency
Photo: Agency

मलेसियाको भ्रष्टाचार विरोधी आयोग (एसपीआरएम)ले बेस्टिनेटका प्रमुख तथा मलेसियाली सिण्डिकेटका मास्टर माइन्ड दातोश्री अमिनलगायत उनका सहयोगीलाई थुनामा राखेकाे छ।

बंगलादेश, नेपाल तथा अन्य मुलुकबाट सिन्डकेटमार्फत् कामदार ल्याउने र त्यसका लागि सम्बन्धित देशका केही म्यानपावर व्यवसायीहरुसँग अर्बाैँ रकम असुलेको तथा कामदारको कोटा प्रमाणित गरे वाफत प्रतिव्यक्ति ८ सयदेखि १५ सय मलेसियन रिंगट असुलेको खुलेपछि अघिल्लो महिना (एसपीआरएम)ले बेस्टिनेटमा छापा हानेर अमिनलाई अनुसन्धानको दायरामा ल्याएको थियो।

उक्त समयमा (एसपीआरएम)ले अमिनको साथबाट ठुलो मात्राामा मलेसियन मुद्रा बरामद समेत गरेको थियो। सोधपुच्छेमा बोलाएको बेला उपस्थित हुने गरी उनलाई छाडिएको थियो। त्यसैगरी (एसपीआरएम)ले बुधबार अमिन लगायत उनका सहयोगीहरुलाई बयानका लागि बोलाएर थुनामा राखेको हो।

अमिनले छोटो समयमा मलेसियन सरकारलाई समेत हातमा लिएर उनले रोजगारी क्षेत्रमा एकल राज गरेका थिए। बंगलादेशबाट सिन्डीकेटमार्फत् कामदार ल्याउने भन्दै अमिनले अर्बाैँ रकम उठाएका थिए। त्यति मात्र होइन उनले नेपालमा समेत सिन्डकेटको तयारी थालेका थिए। त्यसमा नेपालका मेडिकल व्यावसायी कैलाश खड्कासमेत साझेदार थिए। खड्काले अमिनसँगको साझेदारीमा मेडिकलको सिन्डीकेट गर्दै आएका छन्।

अमिनलाई मलेसियन सरकारले कानुनी दमयरामा ल्याएपछि नेपालमा खड्कालाई ठुलो धक्का लागेको छ। साउन १० पछि स्वास्थ्य परीक्षण गरेका कामदारको अनलाई विवरण नदेखिएको भन्दै मलेसियाका रोजगारदाता कम्पनीहरुले भिसाको लागि आवेदन गर्न नसकेको भन्ने गुनासो आएको छ।

अनलाइन विवरण नभरेसम्म भिसा प्रक्रियाअघि बढ्दैन, धेरै कामदारको स्वास्थ्य परीक्षणको अवधि सकिँदासम्म अनलाईनमा विवरण नदेखिएकोले पुन: स्वास्थ्य परीक्षण गर्नु पर्ने भन्दै त्यसका लागि कामदारमाथि आर्थिक भार समेत पर्ने गरेको चरम गुनासो बढेको थियाे।

एकपटक गरेको स्वास्थ्य परीक्षणले ३ महिनासम्म काम गर्छ। कामदारको स्वास्थ्य विवरण अनलाइनमा नदेखिएसम्म भिसा प्रक्रिया अघि बढ्दैन, त्यसैले ३ महिनासम्म अनलाईनमा नराख्ने फेरि समय सकियो भन्दै पुन: स्वास्थ्य परीक्षण गराएर कामदारबाट दोब्बर रकम अनुल्ने गरेको समेत गुनसो छ।

वैदेशिक रोजगारीमा जाने श्रमिकाको स्वास्थ्य परीक्षण गर्ने भन्दै नेपालमा कैलाश खड्का लगायतका केही मेडिकल व्यावसायीले सिन्डकेट चलाउँदै आएका छन्।

प्रकाशित मिति: : 2022-08-04 16:54:00

प्रतिकृया दिनुहोस्