म्यान्मारमा विद्राेही समूहकाे आक्रमणबाट ८० भन्दा बढी 'जुन्ता' सैनिक मारिए

Photo– Irrawaddy
Photo– Irrawaddy

म्यान्मारको म्यावाड्डीक्षेत्रस्थित श्वे ए म्याइङ गाउँमा विद्राेही बन्दुकधारीको आक्रमणबाट ८० भन्दा बढी सत्ताधारी 'जुन्ता' सैनिक मारिएका छन्।

भेनम कमाण्डोको प्रेस विज्ञप्तिअनुसार लाइट इन्फन्ट्री डिभिजन (एलआईडी)का सयौँ म्यान्मार सैन्य परिषद् सदस्यहरू लडाकुसँगकाे भिडन्तमा मारिएका हुन्।

श्वे ए म्याइङ गाउँमा ८० देखि ९० सैनिक मारिएको र त्याेक्षेत्र 'लाशको मैदान' बनेको लडाकुले बताएका छन्। सरकारी सैनिकविरूद्ध स्थानीय जनरक्षा बल र करेन नेसनल लिबरेसन आर्मी (केएनएलए) लडिरहेका छन्।

विद्राेही स्राेतकाअनुसार थुप्रै 'जुन्ता'सैनिकहरू मारिएका छन्। तर उक्त झडपमा विद्राेही लडाकुहरूकाे कुनै हताहत नभएको बताएको छ।

गत २७ जुलाईमा यसक्षेत्रमा 'जुन्ता'सेनामाथि माइनहरूसहित आक्रमण गरेका थिए। आक्रमणमा परी कम्पनी कमाण्डर र सिपाही मारिकाे करेन राष्ट्रिय रक्षा संगठनका प्रवक्ता दाबी गर्छन्।

जुन २६ देखि भेनम कमाण्डो, कोब्रा स्तम्भ, केएनएलए र करेन राष्ट्रिय रक्षा संगठनका लडाकुहरूले थाइल्याण्डको सिमानामा रहेको उकायित ह्ता चौकी कब्जा गर्ने प्रयास गरिरहेका छन्।

सैन्य शासनले मे महिनामा करेन राज्यको माव खी र थाय बाव बोएमा चौकीहरू गुमाइसकेको हुँदा जुन्ता सेनाहरूले ठूलो हवाई र तोपखाना हमलाहरूद्वारा उकायित हताको रक्षा गर्दै आएका छन्।

शासक सेना र प्रतिरोधी समूहहरूबीचको सानो स्तरको झडप जुलाईभरि जारी रहेको थियो।

प्रकाशित मिति: : 2022-08-03 11:00:00

प्रतिकृया दिनुहोस्