नयाँ कानुनअनुसार नागरिकता पाउनेले मङ्सिरमा निर्वाचन भए भोट हाल्न पाउने सम्भावना कति?

बिबिसी

काठमाडौं

संसद्‌बाट पारित भइसकेको नागरिकता विधेयकले गरेको नयाँ व्यवस्थाअनुसार नागरिकता पाउनुपर्ने व्यक्तिहरूले आगामी मङ्सिरमै प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भए मतदान गर्न सम्भावना कम देखिएको छ।

संसद्का दुवै सदनबाट पारित भएको नागरिकता ऐन संशोधन विधेयक कानुन बनेर कार्यान्वयनमा आउन अझै केही प्रक्रिया बाँकी छ।

संशोधित कानुनले यसअघि नागरिकता नपाएका व्यक्तिहरूलाई नागरिकता दिने व्यवस्था गरेको भए पनि तिनले नागरिकता पाउन समय लाग्ने अधिकारीहरू बताउँछन्।

नेपाल नागरिकता ऐन २०६३ माथि हालै संसद्‌बाट भएको संशोधन कार्यान्वयनमा आएपछि विगत सात वर्षयता नागरिकता लिन नपाएका धेरै युवायुवती नागरिकता पाउन योग्य हुनेछन्।

प्रकाशित मिति: : 2022-08-01 17:37:00

प्रतिकृया दिनुहोस्