डिप्रेशनबाट बच्न यसाे गराैँ !

The Dawn Rehab Thailand
The Dawn Rehab Thailand

‘डिप्रेशन’ एक प्रकारकाे मानसिक राेग हाे। जसले हाम्राे दिमाखमा नकारात्मक साेच ल्याउँछ। कुनै पनि कुरामा एकोहोरो भएर सोच्नु वा बढी चिन्ता लिनु नै ‘डिप्रेशन’ हो। जसकारण मानिस उदासिने गर्छन्। यदि तपाई डिप्रेशनको बिरामी हुनुहुन्छ भने तपाई एउटै कुरा सोचिरहनुहुन्छ, जसले तपाईलाई तनाव दिइरहेकाे हुन्छ। डिप्रेशनको कारण शारिरीक र मानसिकमा समस्या आउँछ, जसले तपाईको साधारण क्रियाकलापमा परिवर्तन ल्याउँछ। र जीवन जिउन लायक छैन भनेर सोच्न थाल्नुहुन्छ। मानिसमा यस्तो सोच आउनाले काम र पढाईमा नोक्सान गर्छ। जसकारण मानिस आत्महत्या गर्न पुग्छन्। 

यस्ता छन् डिप्रेशनको कारण

अस्वस्थ
डिप्रेशन यस्तो बिरामी हो जसले हामीलाई खुसी हुन हुँदैन। यसमा चिन्ता, उदासिन, निरास हुन्छ। यदि तपाई त्यस्तो किसिमको लक्षण छ भने तपाई डिप्रेशनको बिरामी हुनुहुन्छ। अस्वस्थ्य शरीरको कारण डिप्रेशन जस्ता समस्या उत्पन्न हुने गर्छ। जसकारण मानिसमा नकारात्मक सोच आउने गर्छ। 

निन्द्राको कमी
मानिसका लागि आवश्यक पर्ने कुरा हो, निन्द्रा। मानिसले एकदिनमा कम्तीमा पनि ७ देखि ८ घण्टासम्म सुत्नुपर्छ। यदि तपाईले आफ्नो निन्द्रा पूरा गर्नु भएन भने छिट्टै थकान महसुस हुन्छ। थकाइको कारण मानिसमा अल्छिपना आउँछ। जसकारण मानिसमा समस्याहरु उत्पन्न हुन थाल्छ। 

संज्ञानात्मक
संज्ञानात्मक अर्थात् सोचने क्षमता कम हुनु। यसको कारण मानिसको सोच्न शक्ति कम हुनु थाल्छ। र आफूले गरेको काम भुल्न थालिन्छ। 

नशा
नशा यो एक बानी हो, जसबाट मानिस टाढै बस्नु राम्रो हो। कुनै कुराको नशा लागिसकेका मानिसले वास्तविकतालाई स्वीकार्न सक्दैनन्। उनीहरूमा डर हुन्छ। त्यस्ता मानिसहरूले जिवनमा हुने उतारचढाव सहन सक्दैनन्। 

यस्ता छन् डिप्रेशनको लक्षण

उदास भएर बस्नु
भोक नलाग्नु 
धेरै र थोरै सुत्ने गर्नु
एक्कासी तौल घटबढ हुनु
मन बेचैन हुनु
थोरै बोल्नु
निर्णय लिनुमा कठिन हुनु
आत्महत्या गर्न मन लाग्नु 

यस्ता छन् डिप्रेशनका उपचार विधि

यदि तपाई डिप्रेशनबाट पीडित हुनुहुन्छ भने डराउनु पर्दैन। यसको पनि उपचार छ, जसबाट तपाई मुक्त हुन सक्नुहुनेछ। 
 
नियमित व्यायाम
डिप्रेशनबाट पीडित भएका मानिसहरुले दलैनक व्यायायम गर्नुपर्छ। नियमित व्यायायम गर्नाले शशरीरमा एंडोर्फिन्स नामक हार्मोन बढ्छ। जसले तपाईको मूड राम्रो हुनका साथै स्वस्थ्य रहनु हुन्छ।

नराम्रो र रक्सी पिउने बानी त्याग्नुपर्छ
यदि तपाईको नराम्रो र रक्सी पिउने बानी छ भने त्यसलाई त्याग्नुपर्छ, यसले तपाईलाई केही समयको लागि सुकुन दिएता पनि यसले लामो समयसम्म तपाईलाई नोक्सान गर्छ। यस्तो बानीलाई तपाईले सजिलैसँग त्षग्न सक्नु हुन्न। जुन शरीरको लागि हानिकारक हुन्छ। त्यसैले रक्सी पिउने बानीलाई छोड्नुपर्छ। 

आफ्नो ख्याल राख्नुहोस्
तपाई आफ्नो ध्यान राखेर डिप्रेशनबाट मुक्त हुन सक्नुहुनेछ। यसको लागि राम्रो निन्द्रा र भोजन गर्न आवश्यक छ। यसले गर्दा तपाई नकारात्मक सोचबाट टाढै रहनु हुनेछ।

मनोचिकित्सकको सल्लाह लिनुहोस्
डिप्रेशन भएका मानिसहरुले मनोचिकित्सकको सल्लाह लिनुपर्छ। जसकारण उनीहरु डिप्रेशनबाट मुक्त हुन सक्नेछन्। 

के सबै डिप्रेशन एउटै हुन् ?

सबै डिप्रेशन एउटै हुँदैन, यसले फरक–फरक तरिकाबाट प्रभावित गर्छ। जस्तै उदाहरणको लागिः पुरूषको तुलनामका महिलामा डिप्रेशन बढि हुन्छ। महिलाहरूमा जैविक, जीवनचक्र, र हार्मोनल कारक धेरै हुन्छ। जसकारण उनीहरूमा डिप्रेशन धेरै हुने गर्छ। डिप्रेशनमा परेका महिलाहरूले आफ्नो जिवनलाई बेकार सोच्ने गर्छन्।

डिप्रेशनबाट ग्रस्त पुरूषहरू धेरै थाक्छन्, किचकिचे र रिसाउने सम्भावना हुन्छ। उनीहरू कुनै पनि कुरामा रूची राख्न छाड्छन्। र लापारवाही हुन थाल्छन्।

बूढौली भएका मानिसहरूमा कम लक्षणा देखिने गर्छ। किनकी उनीहरूमा दुख र शोक प्रकट गर्ने क्षमता कम हुने गर्छ।

डिप्रेशनबाट ग्रसित भएका सानो बच्चाहरू बिरामी भएको नाटक गनेर् गर्छन्। उनीहरू स्कुल जान र चिन्ता गर्न सुरू गर्छन्। उनीहरू मातापितासँग टासिँएर बस्ने र उनीहरूकाे मृत्यु हुने डरमा हुन्छन्।

प्रकाशित मिति: : 2023-01-03 18:30:00

प्रतिकृया दिनुहोस्