जब भक्कानिएर रोए हर्क (भिडियाेसहित)

‘देश सोच्नुस्’ भन्दै धरानका मेयर हर्क साम्पाङ भक्किानिएर रोएका छन्।

शनिबार धरान ब्युटी कन्टेस्टमा भाग लिने युवतीहरूलाई सम्बोधन गर्ने क्रममा साम्पाङ भक्किानिदै रोएका हुन्।

वृक्षारोपणको क्रममा उनले गाएको देशभक्तिपूर्ण गीतको सन्दर्भका क्रममा एक्कासी भावुक बनेका थिए। प्रतियोगितालाई उत्प्रेरणा दिने क्रममा उनी एक्कासी रोएका हुन्। उनले त्यो क्रममा आफूलाई सम्हाल्न खोजेको भए पनि सम्हाल्न सकेनन् र धरधरी रोए। कार्यक्रमस्थल एकाएक स्तब्ध बनेको थियो।

‘आजदेखिम एउटा तपाईंहरुलाई के प्रेरणा दिन्छु भनेँ, मेरो एउटा गीत पनि छ। देश सोच्न सकूँ म, देश बोल्न सकूँ, देशकै निम्ति.....’ यति भन्दै साम्पाङ भक्किानिएर रुन थाले।

एकछिन पछि रुदैँ उनले फेरि थाले,‘देशकै कर्म गर्न सकूँ, देशकै निम्ति मर्न सकूँ। जे होस् मलाई खुसी लाग्छ। आज देश विदेशबाट भेट्न आउनु भएको छ। म एउटा सानो मान्छे हुँ।’ उनले रुदैँ गरेको सम्बोधनले सहभागी सबै भावुक देखिन्थे।

‘देश सोच्नुहोस्, देशकै लागि कर्म गर्नुहोस्। एक दिन मर्नुपर्दा पनि देशकै लागि मर्नुपर्छ भन्ने उत्प्रेरणा दिन चाहन्छु।’ यति भन्दै उनले रुदैँ सम्बोधनको अन्त्य गरे।

जलाधार क्षेत्रमा वृक्षरोपण नगर्दा पानी सुक्दै गएको उनले बताए। यसको संरक्षण गर्न उनले धरानबासीलाई आग्रहसमेत गरे।

खानेपानीको समस्यालाई चुनावी मुद्धा बनाएर चुनाव जितेका हर्क साम्पाङले धरानबासीको साथ पाइरहेका छन्। खानेपानीको मुहान व्यवस्थापनदेखि वृक्षारोपण र सरसफाइ अभियानमा उनलाई धराने नागरिकले साथ दिदैँ आएका छन्।

प्रकाशित मिति: : 2022-07-31 13:00:00

प्रतिकृया दिनुहोस्