बङ्गलादेशमा रेलले मिनीबसलाई ठक्कर दिँदा ११ जनाको मृत्यु, ४ घाइते

दक्षिणपूर्वी बङ्गलादेशको रेल क्रसिङमा शुक्रबार एउटा रेलले पर्यटक मिनीबसलाई ठक्कर दिँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ।
  
राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको बङ्गलादेशको चट्टोग्राम जिल्लामा दिउँसो १;४५ बजे भएको सो दुर्घटनामा कम्तीमा तीन जना गम्भीर घाइते भएका छन्।सो घटना बारे मिरसराई प्रहरी चौकीका अधिकृत कबीर हुसेनले सिन्ह्वालाई बताएका हुन्।

ढाकाबाट बन्दरगाह शहर चट्टोग्राम जाँदै गरेको रेल लेभल क्रसिङमा रहेको यात्रुवाहक मिनीबससँग ठोक्किदा सो दुर्घटना भएको उनले बताएका छन्।

सो दुर्घटनामा माइक्रोबसका चालक सहित ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।मृतकहरू सबै चट्टोग्राम जिल्लाको मिरसराई क्षेत्रको खोइयाचोरा झरनातर्फ गइरहेका पर्यटक थिए।

मिनीबस ट्राफिक सिग्नल बेवास्ता गर्दै ट्र्याकमा अगाडि बढ्दा दुर्घटना भएको रेलका अधिकारी अन्सार अलीले पत्रकारहरूलाई बताएका छन्। 

प्रकाशित मिति: : 2022-07-29 17:48:00

प्रतिकृया दिनुहोस्